Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पशुपतिनाथ आयकर मुक्त, छोरा गणेशलाई कर लगाइयो

\"\"काठमाडौं, २१ जेठ । पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् । अाजको गोरखापत्रमा खबर छ– गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालयले देवस्वमा कर नलिन मिल्दैन भन्दै कर कट्टा गरिरहेको बताए । उनले कर कटाउनु गल्ती भयो भनेर आन्तरिक राजस्व कार्यालयले एक समय काटिएको कर पनि फिर्ता गरेको स्मरण गर्दै पुनः कर छोड्नै हुँदैन भनेर आयकर कट्टा गर्न थालेको बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार पशुपतिनाथको आयस्थामा कर बुझाउनुपर्ने दायित्व कोषलाई नभए पनि पशुपतिनाथका मूल पूजारीसहित अन्य पुजारी र भण्डारीले बुझ्ने पारिश्रमिकमा आयकर लाग्ने र नाथको आयस्ता भेटीमा कर नलाग्ने दाबी गरे । संविधानअनुसार सङ्घीय व्यवस्थामा गुठी आयस्ता बाहेकको रकम मात्र सञ्चित कोषमा दाखिला हुने र सङ्घीय वा प्रदेश सरकारले पनि देवस्वको रकमलाई प्रदेश वा सङ्घीय सरकारको कोषमा दाखिला नहुने व्यवस्था गरेको छ । यसो भए पनि हाल पशुपतिनाथको भेटी, दान दातव्यलगायतका आयस्तामा कर नलाग्ने तर सूर्य विनायकलगायत उपत्यकाका चार विनायक, चार नारायण र गुठी संस्थानअन्तर्गतका साढे दुई हजारभन्दा बढीका देवताको आयस्तामा भने यो कर लागिरहेको छ । संस्थानका प्रशासक नारायण चौधरीले संविधानको मर्म र भावना विपरीत देवताको आयस्तामा आयकर लगाउनु गैरसंवैधानिक कार्य भएको दाबी गर्दै यसलाई हटाउनुपर्ने बताए । देव मन्दिरको आयस्तालाई राजस्वमा मिसाउँदा दोष लाग्छ भनेर विगतका संविधानमा पनि देवस्व र राजस्व अलग गरिएको हो तर यसको विपरीत कार्य भइरहेको संस्थानका प्रवक्ता थपलियाले बताए । यस विषयमा आन्तरिक राजस्व विभागका पदाधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । गुठी संस्थानका प्रवक्ता थपलियाले भने, ‘पशुपतिनाथको आयमा कर लाग्दैन तर उनैका छोरा सोह्हाते गणेश र मरु गणेशलाई आयस्तामा आयकर लाग्ने गरेको छ । यस्तो पनि ठीक हो त ?’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy