वडा नं १९ : मतपत्र च्यातिएदेखि पुनः मतदानसम्म आइपुग्दा के-के भयो ?
जेष्ठ २१ गते, २०७४ आइतवार 4th June, 2017 Sun०६:५८:१७ मा प्रकाशित
काठमाडौं, २१ जेठ । भरतपुर महानगरपालिकाको १९ नं. वडामा पुनः मतदान : आयोग –
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर– १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना रोकिएको ६ दिनपछि शनिबार आयोगले यस्तो निर्णय गरेको हो । वडा नम्बर–१९ को २४ सय मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । एक हजार आठ सय मतगणना हुँदासम्म एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा सात सय ३३ मतले अघि थिए ।
अाजको नयाँ पत्रिकामा खबर छ– प्रमुख निर्वाचन अधिकृतको कार्यालयले १९ वडामा ९० मतपत्र च्यातेको पुष्टि गरेको छ । वडाको नौ सय ९८ मत गन्न बाँकी थिए ।
निर्वाचनको नयाँ मिति तोकिएन
आयोगले नयाँ निर्वाचनको मिति तोक्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । तर, निर्वाचन कहिले हुन्छ भन्न सक्ने अवस्था छैन । प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपानेले दलहरूसँग बैठक बसेर नयाँ निर्वाचनको मिति तोकिने जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षा निकायसहितको सर्वदलीय बैठक राखेपछि मतदानको मिति तय गरिने सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले बताए ।
एमालेद्वारा अस्वीकार
भरतपुर महानगर–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णय प्रमुख प्रतिपक्ष एमालेले अस्वीकार गरेको छ । पुनः मतदानको निर्णय आएसँगै एमाले चितवनले विरोधका कार्यक्रम अघि सारेको छ । यसअघि रहेको धर्ना, विरोध–सभा, मसाल जुलुसलाई निरन्तरता दिने पार्टीले जनाएको छ । एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले आयोगको निर्णय अस्वीकार गर्ने बताए । आयोगको निर्णय निन्दनीय, भत्र्सनायोग्य, आपत्तिजनक र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध भएको उनको भनाइ छ ।
कांग्रेस–माओवादीद्वारा स्वागत
१९ नम्बर वडामा पुनः मतदान गर्ने आयोगको निर्णयको कांग्रेस र माओवादी केन्द्रले स्वागत गरेका छन् । कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठले पार्टी र जनताको मागबमोजिम नै आयोगले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय स्वागतयोग्य रहेको बताए । उनले कांग्रेस, माओवादी गठबन्धनको बैठक बसेर निर्वाचनबारे थप रणनीति बनाइने जानकारी दिए ।
यस्तै, माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले आयोगको निर्णय स्वागतयोग्य भन्दै अब निर्वाचनका लागि होमिने बताए । पार्टी, जनताको माग र नियमबमोजिम नै आयोगले निर्णयले लिएको उनको भनाइ छ ।
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता रिहा
मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोप लागेका दुईजना माओवादी कार्यकर्तालाई अदालतले जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । माओवादी केन्द्रले एमालेले मतपत्र कब्जामा लिएपछि मतको सुरक्षा गर्न जाँदा मतपत्र च्यातिन पुगेको दाबी गर्दै आएको छ । घटनाको अनुसन्धान गर्न आयोगले एक अनुगमन टोली गठन गरेको थियो । पछि च्यातिएको मतपत्रको विवरणसमेत लिएपछि सोही प्रतिवेदनको आधारमा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।
के होला १९ वडामा ?
३१ वैशाखको निर्वाचनमा १९ नम्बर वडामा २ दुई हजार ८ सय ९७ मत खसेको थियो । वडामा कुल तीन जहार सात सय ९७ मतदाता छन् । १९ वडामा अब यसअघिकैे जति मत खस्छ भन्न सकिने अवस्था छैन । पहिलो चरणमा जति उत्साह थियो, त्यस्तो अवस्था नहुन सक्छ । अहिले सबै दलको ध्यान यही वडामा केन्द्रित भएको छ ।
मतगणना स्थगनदेखि पुनः मतदानसम्म१४ जेठ : मतपत्र च्यातियो
भरतपुर महानगरको १९ नं. वडाको मतगणना भइरहँदा केही मतपत्र च्यातिए । हुलदंगा बढेपछि मतगणना नै स्थगित गरियो । मतपत्र च्यातेको आरोपमा दुई माओवादी कार्यकर्ता पक्राउ परे ।
१५ जेठ : मुख्य निर्वाचन अधिकृतको पत्र
भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले १५ जेठमा आयोगलाई प्रतिवेदन बुझाए । प्रतिवेदनमा न्यौपानेले ‘मतगणनास्थल रणमैदानतुल्य भएको भन्दै स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेस गरेको’ उल्लेख थियो ।
१५ जेठ : अनुगमन टोली गठन
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत न्यौपानेको प्रतिवेदन आएलगत्तै स्थलगत भ्रमण गरी प्रतिवेदन बुझाउन सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको थियो । तीन दिनको समयसीमा दिएर गठन गरिएको उक्त टोली सोही दिन चितवन गएको थियो ।
१६ जेठ : एमालेको डेलिगेसन
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको एक टोलीले निर्वाचन आयोग पुगेर भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न आग्रह गरेको थियो । पुनः मतदान गरिए निर्वाचन पद्धति भत्किने उनीहरूको भनाइ थियो ।
१७ जेठ : तिम्सिना प्रतिवेदन तयार
तिम्सिना अनुगमन टोलीले १७ जेठमा आयोगलाई प्रतिवेदन बुझाएको थियो । टोलीले आयोगलाई चितवनको विस्तृत जानकारी दिए पनि कति मतपत्र च्यातिएका थिए भन्ने यकिन नगरी प्रतिवेदन तयार गरेको थियो ।
१७ जेठ : अर्को निर्देशन
तिम्सिना टोलीको प्रतिवेदनमा च्यातिएका मतपत्र यकिन नभएपछि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाको क्रममा रहेका मतपत्रमध्ये च्यातिई नोक्सान भएका मतपत्र संख्या एकिन गरी प्रतिवेदन पठाउनु भनी निर्देशन दिएको थियो । त्यस क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख र दलका उम्मेदवारको रोहवरमा हुनुपर्ने पनि उल्लेख गरेको थियो ।
१८ जेठ : ९० मत पत्र च्यातेको पुष्टि
आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले च्यातिएका मतपत्रको संख्या यकिन गरेको थियो । त्यसरी यकिन गर्दा च्यातिई नोक्सान भएका मतपत्र संख्या ९० रहेको भनी विवरण आयोगमा आएको थियो ।
२० जेठ : पुनः मतदान गर्नु
निरन्तरको अध्ययनपछि आयोगले स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ५० अनुसार पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गर्यो । आयोगले मतगणनास्थल अनधिकृत रूपमा कब्जा भएको र मतपत्र नष्ट भएको देखिएको भन्दै १९ नम्बर वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्ने निर्णय गरेको थियो । आयोगले ऐनको दफा ५० को उपदफा पाँच अनुसार उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
एमालेले निर्वाचन आयोगको निर्णय प्रतिवाद गर्ने
-भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको एमालेले विरोध गरेको छ । आयोगले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गरेको निष्कर्ष निकाल्दै एमालेले सबै किसिमले प्रतिवाद गर्ने निर्णय गरेको छ ।
-‘भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्छौँ, निर्णयको प्रतिकार गर्दै हामी सबै प्रकारको उपचार खोज्छौँ,’ सिंहदरबारस्थित दलको कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले शनिबार पत्रकारसँग भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: