Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

वीरगन्जमा म्यादी प्रहरीको आतङ्क

\"\"वीरगन्ज, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभाबी रकम उठानन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् । नेपाल भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने गर्दा गालीगलोज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो छ । जिल्लामा एक हजार ४९२ म्यादी प्रहरी छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले यसबारेमा केही थाहा नभएको तर वास्तविकता पत्ता लगाइने स्पष्ट पारे । देशमा सबभन्दा बढी राजस्व दिने मानिएको वीरगन्ज भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले प्रतिव्यक्ति २५ देखि ५० रूपैयाँसम्म रकम उठाउने गरेको पीडितको गुनासो छ । पहिले पहिले भारतबाट सामान ल्याउँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई महिनावारी रकम दिने गरिएको म्यादी प्रहरीलाई रकम दिनुपर्ने बाध्यता रहेको मीना बजारका एक व्यापारीले नाम उल्लेख नगरिदिने सर्तमा बताएका छन् । ट्राफिक प्रहरीका जिम्मामा रहेको सवारी जाँच गर्ने अधिकार अब म्यादी प्रहरीले पनि प्रयोग गर्न थालेको भनी सवारी धनी तथा चालकले दिक्दारी व्यक्त गरेका छन् । घरायसी प्रयोजनका लागि भनेर दुई साडी ल्याउँदा भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले खोसेको तथा साँझ परेपछि रकम लिएर उक्त साडी फिर्ता दिएको छपकैयाकी एक गृहिणीले गुनासो गरिन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेपछि ब्यारेकभित्र बस्नुपर्ने म्यादी प्रहरीलाई वीरगन्ज सहरको कुनाकाप्चामा खटाइएपछि जनताले सास्ती भोग्दै आएका छन् । अहिले सीमावर्ती भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि समान ल्याउँदा भन्सार नाकामा रहेका भन्सार जाँचकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तथा सादा पोसाकमा रहेका घुमुवालाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको वीरगन्जवासीको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending