Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

१२ वर्षपछि देउवाको घरमा 'खोला' फर्कियो

\"\"काठमाडौं, २३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलवार (आज) भएको प्रधानमन्त्रीको निर्वाचनमा देउवा ३८८ मत ल्याएर देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । प्रधानमन्त्रीका लागि देउवाको एक्लो उम्मेद्वारी परेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेलेलगायत विपक्षी दलहरुले भने विपक्षमा मतदान गरेका थिए । व्यवस्थापिका संसदमा ५ सय ५८ सदस्यले मतदान गरेकोमा देउवालाई ३८८ मत खसेको थियो । देउवालाई सामान्य बहुमतका लागी २ सय ९७ मत आवश्यक रहेको थियो भने बहुमतका लागि ३ सय ९६ मत ल्याउनुपर्ने थियो । कांग्रेस (२०७) नेकपा माओवादी केन्द्र (८२), राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) (२५), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) (३७), संघिय समाजवादी (१५), लोकतान्त्रिक फोरम (१७), नेकपा संयुक्त (३), समाजवादी जनता पार्टी (१) र अखण्ड नेपाल पार्टी (१) ले प्रधानमन्त्रीमा निर्वाचित देउवालाई समर्थन गरेको थियो । देउवाको प्रधानमन्त्री यात्रा २००३ साल जेठ ३१ गते डलेल्धुरामा जन्मिएका देउवा नेपाली राजनीतिका चुतुर खेलाडी मानिन्छन् । योसँगै उनी चार पटक प्रधानमन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ १२ बर्षपछि देउवा चौथो पटक प्रधामन्त्रीमा निर्वाचित भएका हुन् । देउवाको हकमा १२ बर्षपछि खोला पनि फर्किन्छ भन्ने नेपाली भनाई चरितार्थ भएको छ । २०५२ सालमा देउवा सबैभन्दा पहिला प्रधानमन्त्री बनेका थिए । बहुदलिय प्रजातन्त्रका बेला राप्रपा, सद्भावना र स्वतन्त्रको समर्थनमा देउवा प्रधानमन्त्री बनेका थिए । उनी १६ महिने प्रधानमन्त्री बने, २०५३ मा देउवा नेतृत्वको सरकार ढल्यो । देउवाविरुद्ध एमालेले दर्ता गरेको प्रस्ताव पास गराउन निकै कठिन भयो । अन्तत एमालेले सत्ताबाट देउवालाई सडकमा पुर्याएको थियो । देउवा फेरि दोस्रो पटक २०५८ सालमा प्रधानमन्त्री भएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बनेका थिए । विभिन्न कारणले चुनाव गराउन नसकेपछि देउवा नेतृत्वको सरकार असक्षम भयो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते देउवालाई असक्षम प्रधानमन्त्री भन्दै पदबाट हटाएका थिए । देउवाको कार्यकाल १४ महिना रह्योे । त्यसोत ज्ञानेन्द्र शाहले असक्षम भन्दै प्रधानमन्त्री पदबाट हटाएको दुई बर्षपछि उनै ज्ञानेन्द्रले पुनं २०६१ जेठ २९ गते देउवालाई प्रधानमन्त्री बनाए । तर फेरि देउवाले राम्रो काम गर्न नसकेको भन्दै ज्ञानेन्द्रले ८ महिनामा प्रधानमन्त्रीबाट हटाए । गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री संघीय लोकतान्त्रिक गणतन्त्रपछि देउवा मंगलवार आज पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । योसँगै देउवा चौथो पटक प्रधानमन्त्री भए । तेस्रो पटकसम्म राजाको रोजाईमा प्रधानमन्त्री बनेका देउवा यो पटक भने जनताबाट निर्वाचित सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका छन् । तेस्रो पटक प्रधानमन्त्री हुँदासम्म राम्रो काम नगरेको भन्दै सिंहदरवारबाट असक्षमको माला पहिरिएर बाहिरिएका देउवाको यो कार्यकाल भने जनताले हेर्न बाँकि नै छ । जसको टाउको मूल्य तोके उसकै समर्थनमा प्रधानमन्त्री दोस्रो पटक देउवा प्रधानमन्त्री हुँदा देशमा माओवादीको १० बर्षे जनयुद्ध जारी थियो । तत्कालिन समयमा राजाको आदेशमा देउवाले माओवादी नेताहरुको टाउको मूल्य नै तोकेका थिए । राजाको आदेशमा उनीहरुको टाउको काटेर ल्याउनेलाई १० देखि ५० लाख रुपैयाँ इनाम दिने देउवा नेतृत्वको सरकारले घोषणा गरेको थियो । आज उनै टाउकाको मुल्य तोकिएका माओवादीको समर्थनमा देउवा देशको ४० औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending