Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रहरी नै खेल्छन् कार्यालयमै दिउँसै तास

\"\"काठमाडौं, २७ जेठ । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले प्रहरीहरूलाई संगठनको अनुशासनको कडा पालना गर्न निर्देशन दिइरहेका बेला महानगरीय प्रहरी वृत्त सातदोबाटोस्थित कार्यालय भवनमा भने प्रहरीहरू दिउँसै तास खेल्ने गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ– वृत्तको मुख्य भवनको दक्षिणपट्टिको कोठामा शुक्रबार ठगीको विषयमा लिएर पीडित र पीडकबीच चर्काचर्की परिरहेको थियो । न्यायका लागि मानिसहरू भौंतारिइरहेका देखिन्थे । पीडितहरू वृत्तको कुन कोठामा जाने कसलाई भेट्ने भन्ने विषयमा अन्योलमा थिए । वृत्तकै अर्कोपट्टि भने फरक दृश्य देखियो । पीडितलाई न्याय दिने प्रहरीहरू दिउँसै खाल थापी तास खेलिरहेका थिए । तासको खाल लगाइएको खाटको एक छेउमा प्रहरीको वाकीटकी पनि थियो । सुरुमा हजारको नोट राखी चार जना प्रहरी तासमा बाजी राखिरहेका थिए । एकैछिनपछि अर्का प्रहरी पनि थपिए । तास खेल्नेमध्ये दुई जना त युनिफर्ममै थिए । एकछिनपछि त्यही कोठामा एक जना प्रहरी चुरोट तान्दै आए । पर्सबाट पैसा निकाले अनि खालमा बसे र भने, ‘अस्ति मेरा सबै पैसा जित्यौं, आज जित्ने पालो मेरो ।’ उनीहरू बेला बेलामा अश्लिल शब्द पनि प्रयोग गर्थे । हिसाब नमिल्दा ठूल्ठूलो स्वरमा कराउँथे, झगडा नै परेजस्तो गरी । त्यतिकैमा एक जना महिला प्रहरी तास खेलिरहेको कोठामा आइन् । तास खेलेको बारे उनले केही बोलिनन् । ‘खेलाडी’ मध्येका एक प्रहरीलाई फोन आएको छ भनेर मोबाइल दिइन् र निस्किइन् । मोबाइलमा बोल्नुपर्ने भएपछि फोन लिने प्रहरीले अरू खेलाडीलाई इसारामा चुप लाग्न अनुरोध गरे । अनि नम्बर डायल गरे र भने, ‘सर म सातदोबाटो प्रहरी वृत्तमा छु । तपाईंलाई कहाँ लिन पठाऊँ ।’ अन्त्यमा म गाडी पठाउँछु भनी फोन राखे । अनि खालमै व्यस्त भए । बेलाबेला वाकीटकी बजिरहन्थ्यो । तर, सबैको ध्यान खेलमै थियो । केहीबेरमा एक जना प्रहरी कोठाभित्र छिरे । ‘मेरो ड्युटी २ बजेदेखि छ’ भन्दै युनिफर्म लगाउन थाले । संवाददाताले तास खेलको बारे बुझदा उनले वृत्तको कार्यालय भवनमा तीन ठाउँमा तास खेल्ने गरेको बताए । ‘यो कोठामा हवल्दार र सिपाही,’ उनले भने, ‘अर्कोमा सइ र असइ खेल्छन् ।’ उनले जुवाको खालमा छापा मार्दा बरामद हुने तास नै वृत्तमा खेल्ने गरिएको बताए । ‘दिनहुँजसो खेल्छन्,’ उनले भने, ‘हामीले त खेल्नै सक्दैनौं, सब स्यालजस्ता चलाख छन् ।’ जुवा ऐनअनुसार कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न पाइँदैन । आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा लगाउन र जुवा खेलेको ठाउँमा बस्न नहुने कानुनी मान्यता छ । तर, यस्तो काम गर्नेलाई पक्राउ गर्ने प्रहरी वृत्तमा नै दिनहुँ खाल चल्ने गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक रामेश्वरप्रसाद यादवले तास खेल्ने प्रहरीलाई कारबाही गरिने बताए । ‘अहिले नै खोज्न लगाएर कारबाही गर्छु,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy