Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

एनसेल जिएसएमए एसिया मोबाइल अवार्डको अन्तिम सूचीमा

\"\"काठमाडौं, २८ जेठ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरु सृजना गर्ने उद्देश्य लिई संचालन गरेका दुई परियोजनाहरु जिएसएम एसोशियसन (जिएसएमए) को प्रतिष्ठित एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका छन् । जिएसएमए विश्वभरका जिएसएम मोवाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो र एसिया मोबाइल अवार्डस्मा एशियाली महादेशका सेवा प्रदायकले संचालन गरेका नवीन प्रविधि तथा उदाहरणीय सामाजिक परियोजनाहरु मध्येबाट उत्कृष्ट ठहर भएका प्रयासहरुलाई सम्मान गरिन्छ । हालै मात्र जिएसएमएले एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका प्रयास तथा तिनका संचालक कम्पनीको नाम सार्वजनिक गरेको छ, जसका अनुसार एनसेलका २ वटा प्रोजेक्टहरु जिएसएमएको ‘सामाजिक तथा आर्थिक विकास’ विधा अन्र्तगतका दुई फरक अवार्डका लागि अन्तिम सूचीमा परेका छन् । यहि असार १४ गते चीनको संघाईमा हुन गईरहेको एसियन मोबाइल अवार्डस् २०१७ को विशेष कार्यक्रममा विजेता घोषणा गरी अवार्ड प्रदान गरिने जिएसएमएले जनाएको छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका खोटाङ्ग र उदयपुर जिल्लाका ग्रामिण समुदायहरुमा सौर्य लघुग्रिडलाई प्रबद्र्धन गर्दै स्थानियवासीलाई उर्जा र मोवाइल सेवा सुनिश्चित गर्न एनसेलले घामपावर नेपाल प्रा.लिसँग मिलेर गरेको प्रयास जिएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ्ग मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ । यो प्रयास अन्र्तगत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघुग्रिडहरुको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य उर्जामा समुदायको पहुँचलाई संयुक्तरुपमा प्रवर्धन गरिरहेको छ, जसले उक्त समुदायहरुमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरुको सिर्जना गर्न मद्दत पुर्याएको छ । यसैगरी¸एनसेलले आफ्नो व्यावसायिक सामाजिक दायित्व अन्तर्गत संचालन गरेको वाटर फर एग्रिकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ्ग मोबाइल कन्ट्रिब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेकोछ । यस सामाजिक पहलमा एनसेलले स्याङ्जा जिल्लाका ३ गाउँहरु इलादी, दिप्का र ठुलादीमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिंचाइको सुविधामा पहुँच पु¥याई कृषी उत्पादकत्व बढाउन तथा व्यावसायीक खेती मार्फत आय आर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ । परियोजनामा प्रयोग भएको स्मार्ट मिटरले समुदायलाई घरेलु तथा सिंचाईका लागि पानीको व्यवस्थापन गर्न मद्दत पु¥याएको छ । ‘‘एसियन मोबाइल अवार्डस् २०१७ का लागि मनोनित भएका सबैलाई हार्दिक बधाई दिन चाहन्छौ,’’ जिएसएमएका प्रमुख बजार अधिकृत माइकल ओहारा ले भने । “यो अवार्डस्ले एसियाका मोबाइल उद्योगमा रहेका अग्रणी प्रविधिहरु, वस्तुहरु, सेवाहरु, कम्पनीहरु र व्यक्तित्वहरुलाई सम्मान गर्दछ ।” एसियन मोबाइल अवार्डस्का लागि ५ वटा विधा अन्तर्गत १२ वटा अवार्डका लागि ११५ मनोनयनमा परेका छन् । पाँच विधा अन्र्तगत ‘बेस्ट मोबाइल एप्स’, ‘बेस्ट मोबाइल डिभाइस’, ‘बेस्ट टेक्नोलोजी इनोभेसन’, र ‘आउटस्ट्यान्डिङ्ग एचिभमेन्ट’ पुरानै विधा हो भने ‘सामाजिक तथा आर्थिक विकास’ नयाँ विधा हो । एसिया मोवाइल अवार्डस्का लागि विश्वका ५० भन्दा बढि स्वतन्त्र विज्ञ, विश्लेषक, पत्रकार, शिक्षक तथा कुनै विशेष परिस्थितिमा आवश्यक भए मोबाइल कम्पनीका प्रतिनिधि समेत संलग्न रहेको निर्णायक मण्डलले मनोनयनमा परेका पहलहरुलाई मुल्याङकन गरी विजेता घोषणा गर्ने गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending