Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले

\"\"गुलरिया (बर्दिया), २८ जेठ । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् । विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेन्डा समेटेर चुनावमा होमिएका हुन् । एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दासमेत बनाउन थालेका छन् । सदरमुकाम गुलरियामा डेरा जमाएर बसेका विभिन्न नेतालाई यतिखेर यस्ता मुद्दा लिएर गाउँगाउँ र टोलटोलमा जान भ्याई नभ्याई छ । बर्दियामा चुनावमा सहभागिता जनाउन २० दल दर्ता भएका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । काँग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेन्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न दलहरु व्यस्त रहेका छन् । यसैगरी, मुख्य तीन दलले वडाध्यक्ष र सदस्य छनोट गर्ने कामलाई पनि तीव्रता दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending