Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

माग पूरा भएपनि चुनावदेखि किन भाग्दैछ राजपा ?

\"\"काठमाडौं, २९ जेठ । असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालको मागलाई सम्बोधन गर्ने नाममा स्थानीय तहको निर्वाचनको मिति पुनः सार्न नसकिने सत्तारुढ दलका नेताहरुले बताएका छन् । तराई केन्द्रित राजपा नेपाललाई निर्वाचनमा ल्याउन विभिन्न कानून संशोधन गर्नेदेखि अन्य काम गर्दा पनि निर्वाचनबाट भागेको सतारुढ दलहरुले आरोप लगाएका छन् । राजपा नेपालले हिजो आइतवार नै आगामी असार १४ गतेका लागि तोकिएको निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने गरी आन्दोलनको घोषणा सार्वजनिक गरेको छ । हिजो आइतबार मात्रै सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा आउने वातावरण सहज बनाइदिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

राजपाले गर्यो अनिश्चितकालिन अामहड्तालसहित आन्दोलनको घोषणा

यसअघि स्थानीय निर्वाचनसम्बन्धी ऐन संशोधन गरिसकेको सरकारले स्थानीय तहको संख्या नथप्न सर्वोच्च अदालतले गरेको निर्णय खारेजीका लागि निवेदन दिइसकेको बताइएको छ । तर माग सरकारले पूरा नगरेको भन्दै असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह चुनावलार्इ भाड्ने उदेश्यले राजपाले अान्दोलनको कार्यक्रम हिजो सार्वजनिक गरेको छ । राजपा नेपालकै आग्रहमा स्थानीय तहको निर्वाचन दुई चरणमा सारिएको बताउने सत्ताधारी दलका नेताहरुले अब भने चुनावको मिति सार्न नसकिने बताएका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनले भने ‘राजपा नेपालको बढी समर्थन रहेको भनिएको तराई/मधेसकै लागि चुनावको मिति सारिएको थियो । दुई पटक सरिसकेको चुनाव अब फेरि सार्ने वा अलग–अलग गरी गर्ने भन्ने विषयमा हामीले सोचेका छैनौँ । ‘उहाँहरुकै माग अनुसार पहिला पनि असार १४ गते चुनाव सारिएको हो’ पुनले भने ‘जति माग पूरा गरेपनि उहाँहरुले वार्ता नै पिच्छे माग फेरिरहनु भएको छ ।’ उहाँहरु चुनावमा सहभागि नहुनु उहाँहरुकै महाभूल हुनेछ ।’

अनिल झाले भने राजपा अब आन्दोलनमा जान्छ

असन्तुष्ट राजपा नेपालले माग पूरा गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरिसकेको छ । तर उनीहरुका मागहरु पूरा गर्न सरकारले थुप्रै कामको थालनी गरिरहेको बताउने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राजपा नेपाल चुनावमा आउने सम्भावना रहेको बताएका छन् । जेलमा रहेका भनिएका राजपा नेपालका बन्दीहरुको रिहाई र मुद्दा फिर्ता जस्ता कामहरु प्रक्रियामा बढिरहेको प्रवक्ता कार्कीले बताए । उनले भने ‘हामीलाई अहिले पनि विश्वास छ । पहिले पनि उनीहरुले आन्दोलन थाती राखेका थिए। त्यसैले मलाई लाग्छ लामो समयपछि हुन लागेको निर्वाचनमा उनीहरु बाहिर रहन सक्ने छैनन् ।’ तराई आन्दोलनमा संलग्न दुई दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम भने चुनावमा होमिसकेका छन् । उनीहरुले पनि निर्वाचनलाई उपयोग गर्न राजपा नेपाललाई सार्वजनिक आह्वान गरेको छ ।

निर्णायक भनिएको सरकार–राजपा वार्ता बिनानिष्कर्ष सकियो

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत भने ‘संविधानमा रहेका त्रुटिहरु नहटाएसम्म संघर्ष जारी राख्ने हाम्रो र राजपा नेपालको माग उही हो । उहाँहरु नजाने र हामी किन जाने भन्ने प्रश्नभन्दा पनि २० वर्षपछि हुन लागेको निर्वाचनलाई उपयोग गर्दै गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ दुई पटक सरिसकेको निर्वाचनका लागि अन्य दलहरुले उम्मेदवारी घोषणा गरेर प्रचार–प्रचारमा लागिरहेका बेला राजपा नेपालको पछिल्लो निर्णयले निर्वाचनको मिति फेरि प्रभावित हुने हो कि भन्ने आशंका चाहिँ जन्माइदिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending