NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

प्रचण्डले गल्ती सुधारे तीस दलीय मोर्चा फेरि एक: यादव

काठमाडौ, मधेसी जनअधिकार  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए मोर्चा फेरि एकताबद्ध हुन सक्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘आन्दोलन तुहाएर गरेको गल्ती सुधारे मोर्चा एकताबद्ध रहन्छ । तर विपक्षी मोर्चाको तर्फबाट अघि सारिएको नौ बुँदे प्रस्तावबाट पछि हटेर आत्मसमर्पण गरेर संकट उत्पन्न हुन्छ ।’ यादवले  संयोजक प्रचण्डको भूमिकामा मोर्चाको भविष्य निर्धारित हुने स्पष्ट पार्दै चैत्र २४ गते गरेको गल्ती सुधानु पर्ने आवश्यकता औल्याए । उनले प्रचण्डले सत्ता  र मोर्चा रुपी दुई नाउमा खुट्टा राखेकोकोले त्यसको परिणाम  बहिर आईसकेको दावी गर्दै भने– अब उनले दुई नाउमा खुट्टा राख्नु हुँदैन । कि आन्दोलन कि बार्ता मध्ये एक रोज्नु पर्छ । दुई धारको राजनीति छाड्नु पर्छ । पाँच जिल्लाको विवादमा पनि कहिले मधेसमा हुनुपर्छ , कहिले जनमत संग्रह गर्नु पर्छ त कहिले केन्द्र शासित प्रदेश हुनु पर्छ भनेर दोहोर चरित्र प्रस्तुत गरिरहेका छन । यादवले बार्ताबाट आफूहरुको सवाल समाधान नहुने देखेपछि आन्दोलनमा गएको स्पष्ट पार्दै प्रचण्डले अरुलाई उपयोग गर्छन भन्ने थाहाँ हुँदा हुँदै पनि परिस्थितिका कारण आफूहरुले सहकार्य गरेको स्पष्ट पारे । उनले तीस दलीय मोर्चा अहिले नै भंग गर्ने विषयमा आफुहरु नसोचेको र अहिलेसम्म बैठक पनि बहिस्कार नगरेको स्पष्ट पार्दै कुनै बैठकमा अनुपस्थित मात्र भएको दावी गरे । यादवले भने– 'हामीले बैठक बहिस्कार गरेको होईन, नगएको मात्रै हो । प्रचण्डले चैत २४ गतेको कदम र भावी रणनीतिको विषयमा स्पष्ट पारेपछि मात्रै बैठकमा जान्छौ ।' प्रचण्डले मधेसी र जनजातीलाई प्रयोग गर्न नसक्ने ठोकुवा गर्दै नौ बुँदे आफूहरुको प्रस्ताव त्यागेर संविधान बनाउन खोजे मधेसी र जनजातीको छुट्टै मोर्चा बनाएर आन्दोलनमा जाने चेतावनी दिए । उनले मधेसी अहिले पनि कमजोर नरहेको दावी गर्दै विजय कुमार गच्छारको एजेण्डा सत्ता र पैसा मात्रै भएकोले उनले आन्दोलन विरोधी कुरा गरेको आरोप लगाए । उनले केही दलहरुले आफ्नो हितकोलागि मात्रै संविधान बनाए र अरुले मानेन भने समृद्धि र शान्तिमा बाधा उत्पन्न गर्ने दावी गर्दै अझै पनि आफूहरु ठोस बार्ता र सहमति हुनु पर्ने पक्षमा रहेको बताए । तराई , पहाड र हिमालमा अलग अलग प्रदेश हुनु पर्ने भन्दै संघीयता थाति राखेर संविधान जारी गर्ने कुरा आफुहरुकोलागि स्विकार्य नभएको स्पष्ट पारे । यादवले आगामि छ गतेको लािग संविधानसभाको बैठक बोलाएको सन्दर्भमा बैशाख  पाँच गते बैठक बसेर ठोस निर्णय गर्ने बताए ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page