Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

‘जाँडपार्टी पछारियो’ भन्दै वैद्य माओवादीमा छेडखानी

काठमाडौं, पार्टी जन्मँदैदेखि थरीथरीका ‘स्टन्ट’ चल्दै आएको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीमा यतिबेला ‘जाँडपार्टी पछारियो’ भन्दै सोही पार्टीभित्रको एउटा खेमाले चर्को छेडखानी गरिरहेको समाचार प्राप्त भएकाे छ । राज्य, जिल्ला र इलाका हुँदै भूगोलका पार्टी कमिटीमा आफ्नो वर्चश्व कायम गर्ने प्रयाससँगै कर्मचारी संगठनबाट हात हालेर क्रमशः विद्यार्थी, पत्रकार र अन्तमा मजदुर संगठनलाई आफ्नो ‘ग्रिप’ मा लिने प्रयास गरिरहेको वैद्य माओवादीभित्रको एउटा खेमा ती सबै प्रयासमा असफल भएपछि अर्को खेमाले ‘जाँडपार्टी पछारियो’ भन्दै खुशीयाली मनाउन थालेको सोही पार्टीका एक नेताले बताएका छन् । महासचिव रामबहादुर थापा ‘बादल’ देखि प्रवक्ता पम्फा भुसाल, केन्द्रीय सदस्यहरु सूर्यप्रसाद सुवेदी ‘पथिक’ र बद्री बजगाईंसम्मको टोलीलाई उक्त पार्टीभित्रको एउटा पक्षले ‘जाँडपार्टी’ को संज्ञा दिँदै आएको छ । जनयुद्धकालको पछिल्लो अवधिदेखि शान्ति प्रक्रियाको आधाआधीसम्म गोपाल किराँती इन्चार्ज रहेको किराँत राज्यमा सेक्रेटरी रहेका दिनेश शर्मा ‘सागर’ लाई यही समूहको ‘विशेष पहल’ मा राजधानी सरुवा गराएर पार्टी विभाजनसँगै नेवाः राज्यको इन्चार्ज बनाइएको ती नेताले बताए । औपचारिक शिक्षा कम भएका तर माओवादी आन्दोलनमा लामो इतिहास बोकेका र वर्षौंसम्म आँखामा पट्टी बाँधिएर सैन्य हिरासतमै बेपत्ता बनाइएका शर्मा जनयुद्धकालअघि माओवादीसम्बद्ध मजदुर संगठनका केन्द्रीय अध्यक्ष थिए । आफू पूर्वी ब्युरोको इन्चार्ज रहँदा सोही क्षेत्रमा काम गरेका शर्मालाई नेवाः इन्चार्ज बनाएर पार्टीभित्र आफ्नो पक्षमा माहोल खडा गर्ने प्रयास गरिरहेका महासचिव बादलले ‘खरो क्रान्तिकारी’ स्वभावका दिनेशलाई पथिक र बद्रीजत्तिको ‘विश्वासपात्र’ चाहिँ कहिल्यै ठानेनन्  । तर, उनै दिनेश शर्मा र राम आचार्यलगायतका ‘सोझा पात्र’ लाई परिचालित गरेर नेवाः कब्जा गर्ने प्रयास जारी रहेको ती नेताको दावी छ । कर्मचारी र पत्रकार संगठनको ‘फ्र्याक्सन इन्चार्ज’ अाफ्नै ग्याङमा रहेकाले उनैकाे माध्यमबाट एकैसाथ कर्मचारी र सञ्चार क्षेत्रलाई आफ्नो ‘ग्रिप’ मा लिने प्रयासस्वरुप उक्त समूहले प्रज्ञा भवनमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनलगत्तै कर्मचारी संगठनमा ‘गडबडी मच्चाएर’ समानान्तर केन्द्रीय समिति नै खडा गरेको ती नेताको दावी छ । पार्टी कमिटीको हकमा ‘प्रचार राज्य’ बनाएर ‘फर्मल अर्गनाइजेसन’ का रुपमा क्रान्तिकारी पत्रकार महासंघ गठन गरेको वैद्य माओवादीभित्र सञ्चार क्षेत्रका हर्ताकर्ताहरूले सुरुदेखि नै बदनियतपूर्ण काम गर्दै आएको आरोप लगाउँदै उनले भने– ‘दशकौं पत्रकारितामा भिजेका, माओवादी प्रचार आन्दोलनमा जनयुद्धकालदेखि नै ठूलो जोखिम मोलेका, कष्टसाध्य त्याग गरेका, सक्रियता र विषयगत ज्ञान–अध्ययनका दृष्टिले समेत अब्बल रहेका दर्जनौं साथीहरुलाई किनारामा धकेल्दै आफ्नै नातागोता र व्यक्तिगत सम्बन्धका अाधारमा वरीपरि चक्कर मार्नेहरुलाई माथिमाथि उकास्नुले सञ्चारसम्बद्ध नेताहरूको नियतमाथि उतिबेलै शंका उब्जिएको हो ।’ ‘एकीकृत छँदैको विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष भैसकेका रामदीप आचार्य अध्यक्ष बन्न नपाएको झोकमा लाजै नमानी मजदुर संगठनको अध्यक्ष बन्न पुगेका थिए केही वर्ष पहिले । सुरुआती दिनदेखि अन्तिमसम्म सधैं विवाद र झगडामा परेका आचार्यले अन्तिममा चाहिँ जाँडपार्टीलाई एउटा धक्कै दिए, योचाहिँ रमाइलै भयो’ आफ्नो पार्टीमा अनौठा परिदृश्य देखिएको उल्लेख गर्दै ती नेता भन्छन्– ‘कर्मचारी, मजदुर र विद्यार्थी नै हुन् हाम्रो पार्टीका ‘मालदार संगठन’ । सके सबैलाई र नसके आधाउधीलाई मात्रै भए पनि कब्जा गर्ने जाँडपार्टीको दुस्प्रयास मजदुर राष्ट्रिय भेलासम्म आइपुग्दा चकनाचूरै हुन पुग्यो ।’ ती नेताले भन्ने गरेको ‘जाँडपार्टी’ ले नै अहिले मजदुर नेतृत्वबाट रामदीपलाई हटाएर बद्री बजगाईंलाई पदासिन गराउने योजना बनाएको बताइन्छ । राजधानीमा चैत २८ र २९ मा सम्पन्न मजदुर संगठनको राष्ट्रिय भेलाभन्दा अघि नै यो कुरा चाल पाएर निवर्तमान अध्यक्ष रामदीप आचार्यले ‘गेम खेल्दै’ जुनियर कार्यकर्ता सोनेलाल साहलाई नेतृत्वमा ल्याउने माहोल तयार पारिदिएपछि \'जाँडपार्टी चित खान पुगेको\' ती नेताको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending