बैशाख २ गते, २०७२ बुधवार 15th April, 2015 Wed१६:५७:२० मा प्रकाशित
सेक्स ड्राइभलाई बढाउने खानेकुराको बारेमा तपाईंले सुन्नुभएका होला तर तपाईंले यस्ता खानेकुराहरुको बारेमा पनि जान्न जरुरी छ जसले तपाईंको सेक्स मुड खराब गरिदिन्छ । यहाँ त्यस्ता खानेकुराको बारेमा दिइएको छ जसलाई तपाईंले सेक्स गर्नुपूर्व सकेसम्म नखाँदा राम्रो हुन्छ ।
सिमीः
सिमी फाइबर र प्राटिनको राम्रो स्रोत मानिन्छ । तर यसमा सुगर पनि हुने भएका कारण यसले खानेकुरा राम्रोसँग पचाउँदैन र शरिर सुन्निने गर्दछ । हामी सबैलाई थाहा छ फुलेको पेट सेक्सको लागि पक्कै राम्रो मानिँदैन ।
मुलाः
तपाईंको खानामा मुलाले अतिरिक्त स्वाद थप्ने गर्दछ तर सेक्सपूर्व यसलाई सकेसम्म सेवन नगर्नुहोस् । यसको तीव्र गन्धले सेक्स मुडलाई नै खराब गर्ने गर्दछ । यसका साथै यसमा पाइने स्टार्चले तपाईंको पेटलाई फुलाउने गर्दछ ।
चीजः
सेक्स पूर्व खान नहुने खानको रुपमा चीजलाई हेर्नुभएको छैन होला तर यो वास्तविक हो । चीजको सेवनबाट आउने गन्धले तपाईंको पार्टनरको मुडलाई खराब गरिदिन सक्छ । सेवन गरेको धेरै समयसम्म पनि चीजको गन्ध आइरहने भएका कारण यसलाई सकेसम्म नखाँदा नै राम्रो ।
रातो मासुः
मांसाहारीका लागि बाहिर कतै गएर मासुको आइटम खाँदै आफ्नो पार्टनरसँग रमाइलो गर्ने सोच धेरै जोडीको हुने गर्दछ । तर यो सोच बनाउनु भन्दा अगाडि यसको असरको बारेमा जान्न जरुरी छ । रातो मासुको सेवनले तपाईंलाई सुस्त बनाइदिन्छ ।
फ्रेन्च फ्राइजः
फ्रेन्च फ्राइजमा पाइने फ्याटले टेस्टोस्टेरोनको मात्रालाई घटाइदिन्छ भने यसले रक्तसंचारलाई पनि कम गर्ने गर्दछ । यसमा धेरै मात्रामा नुन पनि पाइने भएका कारण उच्च रक्तचाप भएका पुरुषहरुका लागि समस्या उत्तेजनामा समस्या निम्त्याउँछ ।
पुदीनाः
ताजा सासको लागि पुदिनाको सेवन गर्नुहुन्छ भने पनि सेक्सपूर्व यसको प्रयोग नगर्दा नै राम्रो । अध्ययनका अनुसार पुदीनामा पाइने मेन्थोलले टेस्टोस्टेरोनको मात्रालाई घटाउने गर्दछ भने यसले तपाईंको सेक्स ड्राइभलाई पनि फरक पार्ने गर्दछ ।
स्रोतः टाइम्स अफ इन्डिया
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: