Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

\"\"काठमाडौं, ७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे । नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुुँदे समझदारी भएको खुलासा गरेका छन् । ‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो । त्यो जरुरी भइसकेको पनि थियो,’ प्रचण्डले भने, ‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’ जनयुद्ध सुरुवात गर्दा र शान्तिप्रक्रियामा आउने वातावरण राष्ट्रिय अवस्थाले मात्र नभई अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्माण गरेको प्रचण्डले बताए । ‘युद्ध गर्ने र शान्तिप्रक्रियामा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन,’ उनले भने, ‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए ।’ १२ बुँदे समझदारीको वातावरण रोल्पामै ७ मंसिर ०६२ मा दिल्लीमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीचमा १२ बुँदे समझदारी भएको थियो । दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरी बाह्य मुलुकमा गरेको भन्दै वेलाबखत आलोचना हुँदै आएको छ । तर, प्रचण्डले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण भने रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरे । ‘रोल्पाको लोसेवाङमा दुई दिन वार्ता गरेपछि १२ बुँदे समझदारी गर्ने रोल त्यसले निर्माण गरेको हो,’ प्रचण्डले भने, ‘कसैले माने वा नमाने पनि यो एउटा हिस्टोरिकल फेनामेना हो, यसैका कारण गणतन्त्र, धर्मरिनपेक्षता, संघीयता, समानुपातिक समावेशिताजस्ता मुद्दा नेपालमा सम्भव भएको छ । यो सामान्य परिघटना होइन, आलोचना गर्नेलाई वस्तुवादी भएर हिस्टोरिकल पर्सपेक्टिभमा रहेर गरियोस् ।’ दलहरूले आँट नगरेपछि राजासँगै संवाद शान्तिप्रक्रियाको सुरुवात गर्ने र संविधानसभाको निर्वाचन गर्ने विषयमा सिलगुढी बैठकमा अरू दलका नेताहरूलाई प्रस्ताव गरे पनि उनीहरूले आँट नगरेपछि राजासँगै संवादको प्रक्रिया सुरु गरेको प्रचण्डले खुलासा गरे । ‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन नसकेर दलहरू सक्षम नदेखिएपछि आफूहरूले भरिया होइन, सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ, त्यो निकै चर्चामा पनि रह्यो,’ प्रचण्डको भनाइ थियो, ‘राजालाई मनाउन दलहरू सक्षम नदेखिएपछि हामीले सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending