बैशाख ४ गते, २०७२ बिहिवार 16th April, 2015 Thu११:०८:३९ मा प्रकाशित
काठमाडौ, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपिएस शाखाबाट रोजगारीका लागि कोरिया जानेहरुका लागि भाषा परीक्षा (इपिएस)को छैटौं चरणको परीक्षाका लागि विहीबारबाट आवेदन खुलेको छ ।
आवेदन विहीबार ३ गते बाट ६ गतेसम्म फारम भर्न सकिने छ । इपिएस भाषा परीक्षा आउँदो जेठ ३० र ३१ गते हुनेछ ।
आवेदन देशका विभिन्न १० वटा संकलन केन्द्र काठमाडौ उपत्यका भित्र पाँचवटा र उपत्यका बाहिर पाँच गरि
दशवटा केन्द्रबाट आवेदन फारम भर्न सकिने छ ।
काठमाडौ उपत्यका भित्र नेपाल वेद विद्याश्रम संस्कृत मावि, गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगंज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, ललितपुर र च्यासल फुटबल खेल मैदान बालकुमारी ललितपुर तोएिको छ ।
त्यस्तै उपत्यका बाहिर धनुषाको जनकपुर चुरोट कारखाना परिसर, सुनसरीको धरान सभागृह धरान, कास्कीको विन्दबासिनि उच्च मावि वाटुलेचौर पोखरा, रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप वुटवल र डडेल्धुराको कर्मचारी मिलन केन्द्रसमेतबाट दरखास्त दिन सकिने इपिएस शाखाले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यपसअघि काठमाडौं उपत्यकाभित्र तीनवटा मात्रै फारम संकलन केन्द्र तोकिने गरेको भएपनि यस वर्ष भने दुईवटा थप गरिएको हो । यसपालि कास्कि जिल्लाबाट आवेदन दिनेहरुका लागि कास्कि बाटै परिक्षा दिने व्यवस्था गरिएको छ ।
बैशाष ६ गते साझँ ५ बजे सम्म आवेदन फारम भर्न तोकिएको केन्द्रमा गई लाइनमा बसि सकेका इच्छुक सबैको फारम लिइने र त्यस्को लागि फारम भर्न नपाइएलाकि भनेर कुनै सन्देह नलिन पनि इपिएस शाखाको जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पहिला फारम बुझाउने मात्रै पास हुने गलत मान्यता परीक्षार्थीमा रहेको भन्दै शाखाले त्यस्तो नहुने बताएको छ । उसले नआत्ति फर्म भर्न सबैलाई अनुरोधसमेत गरेको छ ।
फारम भर्नका लागि शुल्क २४ अमेरिकी डलर लाग्ने छ भने, आवश्यक कागजातमा राहदानि भएकाले राहदानिको फोटोकपि र नभएकाले नागरिकताको फोटोकपिको साथमा दुइ प्रति तिन महिना भित्र खिचेको फोटो बुझाउनु पर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: