Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पार्टीद्वारा शोक प्रस्ताव पारित

काठमाडाैँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले पूर्वप्रधानमन्त्री एवम् सभासद् थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा भएको निधनबाट पार्टीलाई गम्भीर बनाएको ठहर गरेको छ ।

सो प्रस्तावमा मुलुक सङ्क्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एउटा राजनेता मुलुकले गुमाएको छ, यो पार्टी र मुलुकका लागि अपूरणीय क्षति भएको छ उल्लेख गरिएको छ ।

बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।

स्व थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा आज अपराह्न काठमाडौँ ल्याइने भएको छ ।

काठमाडौँ ल्याएपछि थापाको पार्थिव शरीरलाई उहाँको निजी निवास मालीगाउँमा भोलि बिहानसम्म राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

स्व थापाको पार्थिव शरीर भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ ।

पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।

चन्दको समवेदना यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले पनि विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा आज दिउँसो १ बजे आकस्मिक बैठक बोलाइएको पार्टीका प्रचारप्रसार समितिका संयोजक मीना सुवेदीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy