Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

प्रक्रिया खारेज बिना वार्तामा बस्नु अाैचित्यहिनःभट्टराइ

प्यूठान । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माणमा सुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताएका छन् । “पूर्व–पश्चिम एकैपटक हिँड्न सकिँदैन”, नेता भट्टराईले भने– “वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि सुरु गर्ने गरी उहाँहरु पूर्व लाग्नुभयो । हामी पश्चिमतर्फ लाग्यौँ” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले माघ ११ गतेको बहुमतीय दम्भ प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्नेसमेत प्रष्ट पारे । परिवर्तनकारी संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारी अभियानअन्तर्गत आज सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानै संविधान ल्याउन खोजेका कारण समस्या आएकोसमेत बताए । शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नहुुनु र माधव नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको भट्टराईको भनाइ छ । नेता भट्टराईले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको समेत बताएका छन् । “शान्ति सम्झौताका हस्ताक्षरकर्ता कांँग्रेस, एमाले र माओवादीबीचमा अनिवार्य सहमति हुनुपर्छ” उनले भने । “परिवर्तनकारी शक्तिसँग प्रक्रिया सुरु गरी बनाएको संविधान नेपाली जनतालाई मान्य हुँदैँन ।” संविधानसभाअन्तर्गत संवाद समितिका सभापति समेत रहेका भट्टराईले भने– “संवाद समितिले विगत १० महिनादेखि निरन्तर सहमति र वार्तालाई नै प्रमुख विषय बनाएको छ ।” प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्नु सकारात्मक भए पनि प्रक्रिया जारी राख्नु परिवर्तनकारीको हित विपरीत रहेकाे उनले बताए । संविधान निर्माणमा अल्पमत र बहुमतको विषय नहुने भन्दै नेता भट्टराईले संवाद सहमतिले राज्य पुनःसंरचना, न्याय प्रणाली र शासकीय स्वरुपमा हालसम्म कुनै पनि सहमति गर्न नसकेको समेत दाबी गरे। काँग्रेस, एमालेले सहमतिका लागि केही विषयमा त्याग गर्न तत्पर भए आफूहरु पनि लचिलो बन्न तयार रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending