Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

इबोलाका कारण क्षतविक्षत भएको लाइबेरियामा स्वास्थ्य सेवा बिस्तार

मोनरोभिया, इबोला रोगको सङ्क्रमणका कारण क्षतविक्षत बन्न पुगेका लाइबेरियाका विभिन्न स्वास्थ्य संस्थाको पुनःस्थापनाको काम सुरु भएको छ । इबोला सङ्क्रणका कारण त्यहाँ निकै ठूलो क्षति पुगेको थियो । ती संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको उपस्थिति नरहने तथा आवश्यक पूर्वाधार पनि नभएको बताइएको थियो । उपचारमा सम्लग्न व्यक्तिलाई नै सङ्क्रमण हुने खतराका कारण सो अवस्था आएको थियो । विभिन्न सहयोगी संघसंस्था एवम् दातृ राष्ट्रको सहयोगमा यो कार्य सुरु भएको हो । लाइबेरिया सबैभन्दा बढी प्रभावित पश्चिम अफ्रिकी मुलुकमध्येको एक हो । खासगरी इबोलाको सङ्क्रमण सुरु भएपछि पनि सामान्य औषधि उपचारको अभावमा नागरिकको मृत्यु भएको थियो । यसको सङ्क्रमण बढ्नु अगावै नागरिकमा देखापर्ने अन्य सामान्य रोगको सङ्क्रमणको पनि उपचार नपाएकोले नागरिकको ज्यान गएको थियो । यस्तो समस्या विशेषगरी बालिबालिकामा देखा परेको थियो । सयौं बालबालिका समयमै औषधि नपाएर मृत्यु भएको थियो । सोही कारण आगामी दिनमा यस्तो समस्या नदेखियोस भनेर पनि स्वास्थ्यका संरचनाहरुको पुनःनिर्माणमा लागिएको लाइबेरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सन् २०१३ को डिसेम्बर महिनामा देखापरेको यो सङ्क्रमणका कारण कम्तीमा पनि दश हजार ६०० जनाको ज्यान गएको थियो । त्यसमा करिब ५०० जना त स्वास्थ्यकर्मी नै थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीकै ज्यान जान थालेपछि भने सो रोगको अवस्था अत्यन्त भयाभव बनेको थियो । यसका कारण पश्चिमी अफ्रिकी देशमा स्वास्थ्य सुविधाको निकै धेरै पूर्वाधार निर्माणको अवस्था रहेको देखिएको बताइएको छ । हाल यस रोगको सङ्क्रमण दर घटिसेको छ । अब यसको पहिचानको विधि पनि यसअघिको भन्दा चाँडै गर्नसकिने गरी पत्ता लागिसकेको छ भने उपचारका क्रममा स्वास्थ्यकर्मीलाई असर नपर्ने तरिकाहरुको आविश्कार भइसकेको छ । त्यसैगरी सो सङ्क्रमणले ब्यापक सताएको गुयनाको पश्चिमी क्षेत्रमा सो रोगका विरुद्ध लड्नका लागि विगतका केही हप्तादेखि सञ्चालित अभियानलाई अझ मजबुत गरी थप कदम चालिने त्यहाँका राष्ट्रपति अल्फा कोण्डेले बताएका छन् । उनले रोगबाट मृत्यु भएकाको शव गाड्दा कडाईका साथ स्वास्थ्य मापदण्डहरु लागू गरिने र सङ्क्रमणको सबै सम्भावित द्वार बन्द गर्न सङ्कटकालीन उपाय अवलम्बन गर्न कुनै पनि कसर बाँकी नराखिने जानकारी दिएका छन् । त्यस समय यस सङ्क्रमणका कारण ज्यान गएकाको शव गाड्दा स्थानीय रेडक्रस वा सुरक्षाकर्मीको अनिवार्य रेखदेखमा गर्नुपर्ने गरी मापदण्ड अपनाइएको छ । त्यसै बमोजिम ती देशहरुमा काम गरिएको बताइएको छ । यसै क्रममा रेडक्रस वा सुरक्षाकर्मीले पनि सो शवबाट भाइरस अन्यत्र सङ्क्रमण हुन नदिने गरी सुरक्षाका लागि आवश्यक सबै उपाय अनिवार्य अवलम्बन गरिरहेका छन् । अधिकांश पश्चिमी अफ्रिकी मुलुकहरुमा प्राणघातक इबोला भाइरसले ब्यापकरुपमा सताएको थियो । इबोला भाइरसको उत्पत्ति गुयनामै भएको थियो र संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ संगठनका अनुसार यस रोगबाट सङ्क्रमित भै मृत्यु हुनेको सङ्ख्या गुयनामा मात्र दुई हजार २०० भन्दाबढी रहेको छ । उता जापानी अनुसन्धानदाताहरूको एक समूहले इबोला सङ्क्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएको जनाएका छन् । यसका कारण इबोलाको उपचार सजिलो भएको हो । अनुसन्धानदाताहरूले विगत लामो समयको लगातारको अनुसन्धानबाट चिकित्सा विज्ञान क्षेत्रको एक उपलब्धिका रुपमा यो सफलता प्राप्त भएको जानकारी केही दिनमात्र अघि दिएका हुन् । उनीहरूले यसका बिरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन् । यसअघि यही परीक्षणका लागि कम्तीमा पनि ९० मिनेट लाग्ने गरेकामा हाल आएर त्यसमा ठूलो सफलता मिलेको उनीहरूको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: