Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

इबोलाका कारण क्षतविक्षत भएको लाइबेरियामा स्वास्थ्य सेवा बिस्तार

मोनरोभिया, इबोला रोगको सङ्क्रमणका कारण क्षतविक्षत बन्न पुगेका लाइबेरियाका विभिन्न स्वास्थ्य संस्थाको पुनःस्थापनाको काम सुरु भएको छ । इबोला सङ्क्रणका कारण त्यहाँ निकै ठूलो क्षति पुगेको थियो । ती संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको उपस्थिति नरहने तथा आवश्यक पूर्वाधार पनि नभएको बताइएको थियो । उपचारमा सम्लग्न व्यक्तिलाई नै सङ्क्रमण हुने खतराका कारण सो अवस्था आएको थियो । विभिन्न सहयोगी संघसंस्था एवम् दातृ राष्ट्रको सहयोगमा यो कार्य सुरु भएको हो । लाइबेरिया सबैभन्दा बढी प्रभावित पश्चिम अफ्रिकी मुलुकमध्येको एक हो । खासगरी इबोलाको सङ्क्रमण सुरु भएपछि पनि सामान्य औषधि उपचारको अभावमा नागरिकको मृत्यु भएको थियो । यसको सङ्क्रमण बढ्नु अगावै नागरिकमा देखापर्ने अन्य सामान्य रोगको सङ्क्रमणको पनि उपचार नपाएकोले नागरिकको ज्यान गएको थियो । यस्तो समस्या विशेषगरी बालिबालिकामा देखा परेको थियो । सयौं बालबालिका समयमै औषधि नपाएर मृत्यु भएको थियो । सोही कारण आगामी दिनमा यस्तो समस्या नदेखियोस भनेर पनि स्वास्थ्यका संरचनाहरुको पुनःनिर्माणमा लागिएको लाइबेरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सन् २०१३ को डिसेम्बर महिनामा देखापरेको यो सङ्क्रमणका कारण कम्तीमा पनि दश हजार ६०० जनाको ज्यान गएको थियो । त्यसमा करिब ५०० जना त स्वास्थ्यकर्मी नै थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीकै ज्यान जान थालेपछि भने सो रोगको अवस्था अत्यन्त भयाभव बनेको थियो । यसका कारण पश्चिमी अफ्रिकी देशमा स्वास्थ्य सुविधाको निकै धेरै पूर्वाधार निर्माणको अवस्था रहेको देखिएको बताइएको छ । हाल यस रोगको सङ्क्रमण दर घटिसेको छ । अब यसको पहिचानको विधि पनि यसअघिको भन्दा चाँडै गर्नसकिने गरी पत्ता लागिसकेको छ भने उपचारका क्रममा स्वास्थ्यकर्मीलाई असर नपर्ने तरिकाहरुको आविश्कार भइसकेको छ । त्यसैगरी सो सङ्क्रमणले ब्यापक सताएको गुयनाको पश्चिमी क्षेत्रमा सो रोगका विरुद्ध लड्नका लागि विगतका केही हप्तादेखि सञ्चालित अभियानलाई अझ मजबुत गरी थप कदम चालिने त्यहाँका राष्ट्रपति अल्फा कोण्डेले बताएका छन् । उनले रोगबाट मृत्यु भएकाको शव गाड्दा कडाईका साथ स्वास्थ्य मापदण्डहरु लागू गरिने र सङ्क्रमणको सबै सम्भावित द्वार बन्द गर्न सङ्कटकालीन उपाय अवलम्बन गर्न कुनै पनि कसर बाँकी नराखिने जानकारी दिएका छन् । त्यस समय यस सङ्क्रमणका कारण ज्यान गएकाको शव गाड्दा स्थानीय रेडक्रस वा सुरक्षाकर्मीको अनिवार्य रेखदेखमा गर्नुपर्ने गरी मापदण्ड अपनाइएको छ । त्यसै बमोजिम ती देशहरुमा काम गरिएको बताइएको छ । यसै क्रममा रेडक्रस वा सुरक्षाकर्मीले पनि सो शवबाट भाइरस अन्यत्र सङ्क्रमण हुन नदिने गरी सुरक्षाका लागि आवश्यक सबै उपाय अनिवार्य अवलम्बन गरिरहेका छन् । अधिकांश पश्चिमी अफ्रिकी मुलुकहरुमा प्राणघातक इबोला भाइरसले ब्यापकरुपमा सताएको थियो । इबोला भाइरसको उत्पत्ति गुयनामै भएको थियो र संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ संगठनका अनुसार यस रोगबाट सङ्क्रमित भै मृत्यु हुनेको सङ्ख्या गुयनामा मात्र दुई हजार २०० भन्दाबढी रहेको छ । उता जापानी अनुसन्धानदाताहरूको एक समूहले इबोला सङ्क्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएको जनाएका छन् । यसका कारण इबोलाको उपचार सजिलो भएको हो । अनुसन्धानदाताहरूले विगत लामो समयको लगातारको अनुसन्धानबाट चिकित्सा विज्ञान क्षेत्रको एक उपलब्धिका रुपमा यो सफलता प्राप्त भएको जानकारी केही दिनमात्र अघि दिएका हुन् । उनीहरूले यसका बिरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन् । यसअघि यही परीक्षणका लागि कम्तीमा पनि ९० मिनेट लाग्ने गरेकामा हाल आएर त्यसमा ठूलो सफलता मिलेको उनीहरूको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy