आषाढ़ १२ गते, २०७४ सोमवार 26th June, 2017 Mon१२:४३:३१ मा प्रकाशित
रसिया, १२ असार ।पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोर्चुगलले न्युजिल्यान्डमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै समूह एको विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । मेक्सिकोले आयोजक रसियामाथि २–१ को जित निकाल्दै उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको हो । समूहमा पोर्चुगल र मेक्सिको दुवैले समान ७–७ अंक जोडे । पोर्चुगल र मेक्सिकोबीचको पहिलो खेल बराबरीमा सकिएको थियो । त्यसपछि दुवै टोलीले रसिया र न्युजिल्यान्डलाई हराए । समूहमा आयोजक रसिया दुई खेलमा पराजित हुँदा न्युजिल्यान्ड जितविहीन हुँदै घर फर्कन बाध्य बन्यो ।
दुवै हाफमा २–२ गोल
सेन्ट पिटर्सबर्गमा ५६ हजार दर्शकबीच शनिबार भएको खेलको ३७औँ मिनेटमा पोर्चुगल न्युजिल्यान्डविरुद्ध अग्रता लिन सफल भयो । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । टोमी स्थिमले डानिलोलाई फल गरेपछि रेफ्रीले पोर्चुगललाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टीमा गोल गर्नुअघि रोनाल्डोको हेड प्रहार क्रसबारमा लागेको थियो । पाँच मिनेटपछि पोर्चुगलले अग्रता दोब्बर पा¥यो । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बर्खरै आबद्ध भएका बेर्नान्डो सिल्भाले गोल गरे । उनले एलिसेउको लामो क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
पहिलो हाफमा अग्रता लिएपछि फाइदामा रहेको पोर्चुगलका लागि ८०औँ मिनेटमा आन्द्रे गोमेजले गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइममा नानीले अर्काे गोल थपेपछि पोर्चुगलले सानदार जित निकाल्न सफल भयो ।
रसिया बाहिरियो
मेक्सिकोसँग २–१ ले पराजित भएपछि आयोजक रसिया प्रतियोगिताबाट बाहिरियो । खेलमा अग्रता लिनुका बाबजुद आयोजक रसिया बाहिरिएको हो । २५औँ मिनेटमा अलेक्जेन्डर समेडोभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । तर पाँच मिनेटपछि नै मेक्सिकोले बराबरी गोल फर्काउन सफल भयो । मेक्सिकोका लागि एरान्जोले बराबरी गोल फर्काएका हुन् । दोस्रो हाफको सुरुवातमा आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले ५२औँ मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोली स्तब्ध बन्यो । हिर्भिङ लोजानोले गोल गरेर मेक्सिकोलाई अग्रता दिलाए । ६८औँ मिनेटमा १० खेलाडीमा सीमित बनेपछि रसिया थप दबाबमा आयो । युरी हिर्काेभ दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।
मेक्सिकोलाई जिताउन निर्णायक गोल गरेका लोजानो खेलको म्यान अफ दी म्याच घोषित भए । उदीयमान खेलाडी लोजनाले रसियाको पोस्टमा पटक–पटक धावा बोलेका थिए । खेलको बल पोजिसन तथा गोल प्रयासमा मेक्सिको अघि देखियो । मेक्सिकोले ६४ प्रतिशत बल नियन्त्रणमा लिँदा रसियाले ३६ प्रतिशत मात्र बल खेलाउन सफल भयो । मेक्सिकोले सात प्रहार अन टार्गेट हान्दा रसियाले दुईवटा मात्र प्रहार पोस्ट गर्न सक्यो । यस्तै, मेक्सिकोले १२ पटक गोल प्रयास गर्दा रसियाले १० पटक गोल प्रयासमा आक्रमण गरेको थियो ।
उत्कृष्ट रोनाल्डो
लगातार दुई खेलमा हार व्यहोर्दै बाहिरिएको न्युजिल्यान्डले पोर्चुगलविरुद्धको खेलमा सुधार ल्याएको थियो । न्युजिल्यान्डका खेलाडी मिडफिल्डमा चुस्त देखिए पनि डिफेन्समा भने कमजोर देखिए । पोर्चुगलका लागि कप्तान रोनाल्डोले उत्कृष्ट खेले । पोर्चुगलका लागि अग्रता दिलाएका रोनाल्डो म्यान अफ दी म्याच घोषित भए । रोनाल्डोले म्यान अफ दी म्याचको अवार्ड पाएको यो लगातार तेस्रोपटक हो । खेलमा रोनाल्डोका दुई प्रहारमा क्रसबार बाधक बन्दा उनी ह्याट्रिक गर्ने अवसरबाट चुकेका थिए । न्युजिल्यान्डविरुद्ध पेनाल्टीमा गोल गरेसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ७५ पु¥याएका छन् । रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका लागि बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानका पाउलेटाले ४७ तथा तेस्रो स्थानका इयुसेबियोले ४१ गोल गरेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: