Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

थापाको निधनले गृह जिल्ला शोकमा

धनकुटा, पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको निधनले थापाको गृह जिल्ला शोकमा डुबेको छ । पूर्व प्रधानमन्त्री थापाको ८८ वर्षको उमेरमा बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । एक साताअघि थापाको पेटमा भएको अल्सरको शल्यक्रिया गरिएको थियो । थापा गएको चैत १५ गते उपचारका लागि भारत गएका थिए । वि.स. १९८४ सालमा धनकुटाको साविक मुगा गाविसमा (हाल पाख्रीबास नगरपालिका) जन्मिएका थापाले नेपाली काङ्ग्रेसबाट आफ्नो राजनीति यात्रा सुरु गरेका थिए । २०४६ सालपछि आएको बहुदलीय व्यवस्था पछि थापाले नेपाली काङ्ग्रेस परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति अघि बढाउँदै आएका थिए । थापाले राजनीतिक परिवर्तनलाई सहजै स्वीकार्दै पञ्चायती व्यवस्था प्रधानमन्त्री भएपनि त्यसका विरुद्धमा कुरा उठाउँदै आएका थिए । पटकपटक गरि पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका थापा काठमाडौस्थित मालीगाँउमा बस्दै आएका थिए । गएको संविधानसभा निर्वाचनमा आफ्नो स्वास्थ्यको कारण देखाउदै प्रत्यक्ष तर्फबाट निर्वाचन नलडेका थापाले आफ्नो उत्तराधिकारी सुनिल बहादुर थापालाई धनकुटा क्षेत्र नं। २ को उमेदवार बनाएका थिए । आफ्नो शेख पछि धनकुटेली जनताको अभिभावक आफ्नो उत्तराधिकारी हुने बताउँदै आएका थिए । थापाको निधनपछि  धनकुटालगायत मुलुकले कुशल राजनितीज्ञ गुमाएको र धनकुटामा थापाको योगदान अतुलनीय रहेको स्थानीयको भनाइ छ । धनकुटालगायत कोशी पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्न अन्य विकास निर्माणका काममा थापाको योगदान सम्मान गरेर नसकिने रहेको स्थानीय मीन बहादुर सुवेदीले बताए । थापाको पार्थिव शरीरलाई बिहीबार नेपाल ल्याएर उनकै निवास मालिगाँउमा राखिएको छ । शुक्रबार बिहान १० देखि १२ बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा र त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने राप्रपा धनकुटा अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिए । उनको राजकीय सम्मानका साथ शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । यसैबीच राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठकले वरिष्ठ नेता थापाको निधनमा १३ दिनसम्म पार्टीका कुनै कार्यक्रम नगर्ने निर्णय गरेको छ । त्यसैगरी ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनका दिन ७५ वटै जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय गरेको राप्रपा धनकुटा अध्यक्ष थापाले बताए । वरिष्ठ नेता थापाको एकमात्र सन्तान सुनिल बहादुर थापा हाल वाणिज्य तथा आपूर्तिमन्त्री र धनकुटा क्षेत्र नं।(२बाट प्रत्यक्ष तर्फबाट निर्वाचित संविधानसभा सदस्य रहेका छन् । यस्तै थापाको निधनप्रति जिल्लास्थित उद्योग वाणिज्य संघ, राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था लगायतले शोक वक्तव्य जारी गर्दै थापाप्रति  श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy