Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

यस्तो प्रणाली लागू हुँदै वीरगंज भन्सारमा

\"\"काठमाडौं, १७ असार । वीरगन्ज भन्सार कार्यालयले ‘गेट इन्ट्री नोट’ प्रणाली लागू गर्ने भएको छ । अनलाइन प्रणाली लागूपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के–के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्ने बताइएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ । मालसामानको परिमाण र विवरण पनि यकिन हुनेछ । मुलुककै सर्वाधिक व्यस्त तथा राजस्वमा उल्लेख्य योगदान गर्ने यो भन्सारमा पुस २७ देखि वेबमा आधारित अनलाइन प्रणाली ‘आसिकुडा वल्र्ड’ लागू भएको छ । त्यसअघि यो भन्सारमा ‘आसिकुडा प्लस प्लस’ नामक भन्सार जाँचपास प्रणाली लागू थियो । आसिकुडा वल्र्डकै अन्तिम चरण ‘गेट इन्ट्री नोट’ प्रणाली लागू भएपछि भन्सारबाट जाँचपास गराई बाहिरिने मालबाहक सवारीले हालको जस्तो प्रज्ञापनपत्र बोक्ने छैनन् । यस्ता गाडीले बोक्ने एक्जिट नोटमा गाडी नम्बर, गाडीमा रहेका सम्पूर्ण सामानको विवरण हुनेछन् । ‘यसबाट भन्सार छली पनि कम हुने र भन्सारलाई पेपरलेस गर्ने प्रयासले पनि मूर्त रूप लिनेछ,’ यादवले भने, ‘यसका साथै डिजिटल हस्ताक्षर पनि लागू गर्ने गृहकार्य भइरहेको छ ।’ उनले हाल जारी प्रयास सफल भए कम्तीमा ३ र बढीमा ६ महिनाभित्र यो प्रणाली व्यवहारमा लागू भइसक्ने बताए । यो प्रणाली लागू भएपछि अनलाइन प्रणालीको मद्दतले तत्कालै त्यसको जवाफ दिन सकिन्छ । ‘आसिकुडा वल्र्ड’ जाँचपास प्रणाली लागू गर्ने वीरगन्ज भन्सार कार्यालय तेस्रो भन्सार कार्यालय हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending