Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कालीगण्डकीमा जलयातायात अवरुद्ध

\"\"पर्वत, १८ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात ९स्टिमर०वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको छ । विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनाँै गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महिना अवरुद्ध हुने गरेको हो । दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसवासीले सहज रुपमा यात्रा गर्नुका साथै मालसामान ओसारपसार गर्दै आएका थिए । यातायातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए। असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं उनले भने । यातायात अवरुद्ध हुँदा दैनिक आधाघन्टामा सकिने यात्रा चार घन्टाको पैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मीसम्म पुग्न बाध्य भएका छन् । हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चरमार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरुका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । जलाशयमा दैनिक रुपमा सञ्चालित आठवटा स्टिमर अहिले ठप्प छन् । स्टिमरमा २४ जनाले प्रत्यक्ष रुपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारीको अवसरसमेत पाएका छन् । हिउँदको समयमा सहज रुपमा यातायात सेवा पाए पनि वर्षायामका तीन महिना भने सास्ती नै खेप्नुपर्ने अवस्था आएको न्यौपानेले बताएका छन् । स्टिमर सञ्चालन हुँदा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरबाट प्रतिकेजी रु चारमा सामान ढुवानी गर्न बाध्य भएका छन् । कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार “पहिले डुङ्गा र साना स्टिमर भए पनि अहिले मालबाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ ।” यसले मालबाहक ट्रककै जस्तै वाहन क्षमता राख्दछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending