Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मुसहरबस्ती व्यवस्थापन कार्य सुरु

चितवन, १९ असार । चितवनको रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीस्थित मुसहरबस्तीेको व्यवस्थापन कार्य सुरु भएको छ । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहरी गरिब सहयोग कोषमार्फत बस्ती व्यवस्थापन कार्य सुरु गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ । स–परिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यता रहेको मुसहर समुदायको बस्तीमा अहिले धमाधम नयाँ घर बन्दै छ । कतिपय नयाँ घरमा सरिसकेका छन् भने कतिपयको घर निर्माण तीव्र भइरहेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्यले बताएका छन् । नगरपालिकाको रु ३० लाख र लुमन्तीकोे रु ३० लाख गरी कुल रु ६० लाखको लागतमा यहाँ सहरी गरिब सहयोग कोषमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । सोही कोषको रकमबाट ऋण अनुदानमा उनीहरुको घर बन्न थालेको आचार्य बताउँछन् । यहाँ बसोबास गरिरहेका मुसहर र माझी समुदायका लागि २२ घरको निर्माणको काम चलिरहेको छ । तीमध्ये आठवटा घरको निर्माण कार्य सम्पन्न भइसकेको र अन्य घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मुसहर समुदायका लागि निर्माण हुने सो घरमा दुई वा तीन कोठा छन् । रु दुई लाख ऋण लिएका मुसहरले रु १२ लाखसम्मको लागतमा घर निर्माण गरेका छन् । कसैले रु दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले बताए । उनीहरुले लिएको ऋण मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट सहयोग पाएर घर बनाउन पाउँदा खुसी भएको स्थानीय बास्मती मुसहरको भनाइ छ । चित्रसेन मध्यवर्ती सामुदायिक वनले उनीहरुका लागि शौचालय निर्माणमा केही रकम सहयोग गरेको छ । पानी जम्ने उनीहरुको बस्तीमा अहिले ग्राभेल हालेर सडक व्यवस्थापनको कामसमेत भएकाले अब भने सहज हुने स्थानीय बलिराम मुसहरले बताएका छन् । मासिक रु पाँच हजारका दरले चार वर्षमा पैसा तिर्दा उनीहरुले तिर्नुपर्ने किस्ता सकिनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending