Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

गजेन्द्रनारायणको नाम विधानमा राख्ने–नराख्ने विवादले राजपा दर्ता भएन

\"\"काठमाडौं, २२ असार । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो । विवादकै कारण पार्टी दर्ता हुन सकेन । अाजको नयाँ पत्रिकामा खबर छ– अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो । उनीहरूबीच विधानमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने सहमति भएको थियो । बुुुधबार बिहान ११ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी थियो । त्यसैअनुसार निर्वाचन आयोगलाई खबर पनि गरिएको थियो । तर, बुधबारको बैठकको सुरुमै अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखे । त्यसमा राजकिशोर यादवले पनि साथ दिए । बैठकमा महेन्द्र राय यादवले भने सिंहको नाम विधानमा उल्लेख गर्न नसकिने अडान राखे । विधानको प्रस्तावनामा नेताको नाम राख्ने प्रचलन नभएको उनको तर्क थियो । सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्कुलिङबाट आएका राजेन्द्र महतो भने विवादमा मौन बसे । ढिलो गरी बैठकमा उपस्थित भएका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर पनि पक्ष–विपक्षमा बोलेनन् । विवाद भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको छ । बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने नेताहरूले बताएका छन् । ‘पार्टीको विधान र घोषणापत्रलाई अन्तिम रूप दिनेबित्तिकै पार्टी दर्ता गर्छौँ,’ बैठकमा सहभागी नेता महतोले भने, ‘मधेस आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने नेताको नाम त राख्नुपर्ने हुन्छ ।’ नेता राजकिशोर यादवले भने राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने विकल्पका रूपमा कसरी खडा हुने भन्नेबारे बैठकमा छलफल भइरहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy