Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

यी हुन ४३ हजार पटक बलात्कृत हुने महिला

\"\"उमेर करिब १२-१३ वर्ष । दैनिक ३० पुरुषबाट बलात्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव तस्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बलात्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक बलात्कृत हुने संसारकै पहिलो किशोरी हुन ।उनको भनाइअनुसार सो अवधिमा उनीमाथि दैनिक बलात्कार भएको थियो । मेक्सिकोकी एउटा गाउँकी कार्ला नियतिले पनि ठगिएकी युवती हुन् । पारिवारिक विखन्डनका कारण उनी सानैदेखि आमाबाट अपहेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । \'म विखन्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौन दुव्र्यवहार भयो\' हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् । उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्करको पन्जामा परिन् । तस्करका मीठा शब्द र गाडी चढ्ने प्रलोभनमा उनी सजिले फसिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् । एउटा \'सानो केटा\' आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए । बाह्रवर्षे बालिकालाइ फसाउनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्यवहारको सिकार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् । \'उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।\' कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् । \'भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,\' उनी अतीत सम्झिन्छिन । तर उनको खतराका दिन सुरू भइसकेको थियो । वास्तवमा उनी बेचिइसकेकी रहिछिन् । \'केही दिनपछि उसले मलाइ वास्तविकता भन्न थाल्यो । गा्रहकसंग प्रस्तुत हुने शैली , मैले गर्नुपर्ने काम र दिनुपर्ने दिनुपर्ने सेवाबारे उसले लामो आरिन्टेसन दियो । मैले दैनिक ३० जनाको योन प्यास मेटाइदिनुपर्ने उसले बताएपछि छाँगाबाट झरेजस्तै भएँ,\' उनी भन्छिन । चार बर्ष नर्कमा वास्तवमा उनले नर्कका दिन सुरु भइसकेका थिए । देहव्यापारका लागि उनलाइ मेम्सिकोको सबैभन्दा ठुलो ग्वालाजारा सहर पुर्याइएको थियो । \'म विहान १० बजेदेखि ड्युटी सुरु गर्थे र मध्यरातमा सकिन्थ्यो । दैनिक २० जना ग्राहक आउँथे । म रोएको देख्दा केही ग्राहक गललल्ल हाँस्थे । म आक्रोशित हुन्थेँ । उनीहरुले ममाथि गेरेको क्रियाकलाप देख्न नसकेर म आँखाका ढकनी बन्द गर्थेँ ।\' पेसेवर देहव्यापारमा मलाई बाधय पारिएकी उनको ड्युटी सिफ्ट भइरहन्थ्यो । उनलाई वेश्यालय, सडकका होटेल, वेश्यालयका लागि प्रख्यात सडक, र कहिलेकाहीँ अर्डरअनुसार घरमै होम सर्भिस दिन पठाइन्थ्यो । उनलाई कुनै बिदा भन्ने थिएन । विस्तारै उनलाई दैनिक ३० जना सम्म ग्राहकको तृष्ण मेटाउन पथ्र्यो । धैरैपटक बिरामी परिन् तर सुन्ने कोही भएनन् । एक ग्राहकले दुव्र्यवहार गरेपछी कार्लाले दलालको नराम्रो हप्की खानुपरेको थियो । \'ग्राहकले मेरो अनुहारमा खत बसालेर टोकेपछि दलालले नीलडाम हुने गरी फलामको सिक्रीले हिर्कायो \"उनी भन्छिन । एक दिन होटेलमा ग्राहकले उनलाइ दुव्र्यवहार गर्दा आकस्मिक प्रहरी पस्यो । उनले सोचिन अब भाग्यको दिन आए । प्रहरीले उनीलगाएत अरु युवतीलाइ उद्दार गर्ने कार्लाको आशा थियो । तर, उनको आशा तत्कालै त्रासमा बदलियो । अन्दाजी ३० बर्षका प्रहरी अधिकारीले ग्राहक र युवतीलाई विभिन्न आपत्तिजनक अवस्थामा राखेर भिडियापो खिचिदिए । आफुले भनेको आसनमा यौनप्यास मेट्न नदिए सो भिडियो उनीहरुका आफन्तलाई बुझाइदिने प्रहरीको धम्की दियो । उनी झन विक्षप्त बनिन् । त्यहाँ झन्डै १० वर्षका बालिकादेखि किशोरी र केही युवती थिए जसले रुँदै प्रहरीसँग रिहाइका लागि याचना गरेका थिए , तर प्रहरीले नै खेलवाड गरिदियो, उन िभन्छिन । त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी दलालबाट गर्भवती भइन र छोरी जन्माइन् । उनीमाथिको दुव्र्यवहार रोकिएन । दलालले उनले जन्माएको शिशुलाई सौदाबाजिको हतियार बनाउन थाल्यो । उसका हरेक इच्छा पूरा नगरे नावालक छोरी लाइ घाँटी निचोरेर मारिदिने बारम्बार चेतावनी दिन थाल्यो । सन् २००८ मा प्रहरीले मेक्सिका् सहरमा तस्करीविरुद्द विशेष कारबाही चलाएको थियो । सोही क्रममा उनको अप्रत्यासित उद्दार भयो । उनले चार बर्ष लामो अग्निपरिक्षा पार गरिन् । उद्दार गरिँदा उनी केवल १६ वर्षकी थिइन् । तर, उनिमाथि जिन्दगीभर कहिल्यै नमेटिने कलंकको दाग लागेको छ । कार्ला अहिले २५ वर्ष पुगेकी छिन् । उनी मानवतस्करविरुद्द ठाउँठाउँमा घन्काउँदै आफुले भोगेका पिडा सार्वजनिक कार्यक्रममा सेयर गर्दै हिँड्छिन् । दुर्इृ वर्षअघि उनले आफ्ना कथा क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिललाई बताएकी थिइन् । सोही वर्षको मेमा अमेरिकी कंग्रेसमा पनि सुनाएकी थिइन् । उनको पिडादायी कथाले कार्लाजस्ता हजारौं युवती जीवनलाई बर्बादीतर्फ धकेलेको मेक्सिकोको पासविक मानव तस्करको वास्तविकतालाई उजागर गर्छ । एजेन्सि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy