Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

जी२० सम्मेलन सम्पन्नः पेरिस सम्झौतामा अमेरिका असहमत

\"\"जर्मनी, २५ असार । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर एन्जिला मार्केललगायतको सो बैठकमा सहभागिता रहेको थियो । उक्त सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन । विश्वका अरु १९ देशका कार्यकारी एवम् राज्य प्रमुखहरुले त्यसलाई एकमतले अनुमोदन गरेका छन् । यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देशहरु अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारतलगायत सदस्य रहेका छन् । यी नेताहरुले विशेषगरी विश्वको आर्थिक, सामाजिक, राजनीतिक र क्षेत्रीय अन्य एजेण्डाका बारेमा छलफल र कतिपय विषयमा सहमति पनि गरेका थिए । विश्वमा जलवायु परिवर्तनको एजेण्डाका बारेमा पनि सो सम्मेलनमा कुराकानी भएको थियो । सोही बमोजिम उक्त सम्मेलनमा जलवायु परिवर्तन बारेको अर्को एजेण्डामा पनि छलफल भएको थियो । पेरिसमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भएको उक्त पेरिस सम्झौतामा अमेरिकाले भने असहमति व्यक्त गर्दै आएको थियो । त्यसैले यस सम्झौताको अनुमोदनको एजेण्डमा अमेरिकाले असहमति नै प्रकट ग¥यो । त्यस सम्झौताले अघि सारेको हरित गृह प्रभाव कमगर्ने बारेमा विश्वका १९ देशका नेताहरुले भने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्न उक्त सम्झौताले गरेको प्रतिबद्धता पूरागर्ने पक्षमा कामगर्ने जनाएका थिए । उक्त पेरिस सम्झौतामा विश्वमा आगामी दिनमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हरित गृह प्रभाव घटाउने र विश्वको तापमान दुई डिग्री सेल्सियसभन्दा कम गरीराख्ने बारेमा व्यवस्था गरिएको छ । साथै सो सम्मेलनमा विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डाका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । केही वर्षअघि विश्वमा देखिएको आर्थिक मन्दीको प्रभावका बारेमा पनि सो सम्मेलनमा छलफल भएको थियो । यसैबीच जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विरोधस्वरुप प्रदर्शनहरु गरिएका थिए । प्रदर्शन शान्तिपूर्ण भनिए पनि केही ठाउँमा सामान्य भडपका घटना भने भएका थिए । प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधी नारा लगाउँदै र आफ्नो समूहका झन्डा फहराउँदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए । यस क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । हाल जर्मनी जि२० को अध्यक्ष रहेको छ । अर्जेन्टिनाले आगामी डिसेम्बरदेखि सो संगठनको अध्यक्षता लिने छ । जि२०को अर्को सम्मेलन अर्जेन्टिनाले आगामी बर्ष आयोजना गर्ने भएको छ । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies