Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बाइस लाख नयाँ निक्षेप खाता थपिए

\"\"काठमाडौँ, २७ असार । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ८८ लाख पुगेको छ । सरकारले चालु आवको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारेको थियो । सो नीति आगामी आवमा पनि निरन्तर रहनेछ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आव २०७४÷७५ को मौद्रिक नीतिअनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको संख्यामा बढोत्तरी भएको उल्लेख छ । बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म कर्जा संख्या १० लाख ९५ हजार रहेकामा गत चैतसम्म सो संख्या ११ लाख ८३ हजार पुगेको छ । सरल र सहज बैङ्किङ प्रणालीको साधानका रुपमा लिइने एटिएम मेसिनको संख्या पनि बढ्दै गएको छ । गत आवमा एक हजार ८५९ एटिएम रहेकामा यस वर्ष एटिएम सङ्ख्या दुई हजार ४७ पुगेको छ । यसैगरी मोबाइल बैङ्किङका ग्राहकको संख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङ्किङका ग्राहकको संख्या सात लाख ३५ हजार, जारी भएका बिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीतिअनुसार २०७३ जेठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकामा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् । ‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बढेर यस वर्ष ५१ पुगेका छन् । गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल संख्या १८२ रहेकामा यस वर्ष घटेर १५३ वटा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार २०७३ जेठमा बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब छ हजार ६४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार ८०९ जनाले सेवा प्राप्त गरेका छन् । विसं २०७२ जेठमा जनसंख्या र बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाको औसत अनुपात सात हजार २३२ रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending