Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

विमान दुर्घटनाको निचोडः ‘अपरेसनल’ र मानवीय कमजोरी

[caption id=\"attachment_142189\" align=\"alignleft\" width=\"750\"]\"\" भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्स । फाइल फोटो[/caption] काठमाडौँ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ । विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको प्रतिवेदनले औँल्याएको छ । आन्तरिक उडानका क्रममा रहेको उक्त विमान २०७३ साल असोज ८ गते काठमाडौँबाट भैरहवाका लागि उडेको र विमान अवतरण गर्ने क्रममा करिब १३० मिटर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । सो दुर्घटना मानवीय क्षति भएको थिएन । दुर्घटना भएको विमानले धावनमार्ग छोडेपश्चात् २४ फिट चौडा कल्भर्ट नाघेर विमानस्थलको पेरिमिटर फेन्सको जालीमा अल्झेर रोकिएको थियो । अवतरणपश्चात् विमानको ‘पावर लिभर, प्लाइट आइडिल पोजिसन’ बाट ‘ग्राउण्ड आइडिल पोजिसन’ नआएकाले रिभर्स सेलेक्सन नभएको र विमानको गति कम गर्न नसकिएकाले धावनमार्गबाट चिप्लिएर दुर्घटना भएका प्रतिवेदनमा उल्लेख छ । आयोगका अध्यक्ष राजेशराज दलीले विमान अवतरण गर्ने क्रममा धावनमार्गको सामान्य अवस्थामा पुसिसक्दा पनि विमानले जुन ‘फङ्सन’ गर्नुपर्ने, गति कम गर्नुपर्ने कार्य समयमा नहुँदा धावनमार्गबाट बाहिरिएको बताए । “विमानको कुनै एक पांग्राले धावनमार्गमा छोएको खण्डमा ककपिटमा रहेको ‘पावर लिभर’ लाई ‘रिभर्स मोड’मा ल्याउनका लागि सक्रिय हुनुपर्ने फङ्सन नभएकाले तीव्रगतिको विमान धावनमार्गको पिच छोडेर नजिकैको घाँसे मैदानमा धस्सिएको देखिन्छ” – उनले भने । प्रतिवेदनले दुर्घटनामा परेको विमान यसअघि पनि पटक–पटक पार्टपूर्जाले राम्रो काम नगरेको अवस्थामा पनि नियामक निकायको अनुगमन नभएका कारण यस्तो दुर्घटना भएको भन्दै सम्बन्धित एयरलाइन्सले विमान खरिद गरेको कम्पनीसँग ‘अपरेशनल फङ्सन’ बारे परामर्श गर्न र नियामक निकायले अनुगमनलाई प्रभावकारी बनाएका खण्डमा भविष्यमा यस्ता दुर्घटना कम गर्न सकिने सुझाव दिएको छ । आयोगको प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले आयोगको सुरक्षा सिफारिशअनुसार विमानको ‘अपरेशनल पार्ट’ मा लापर्बाही पाइएकाले प्रतिवेदन तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाए । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पूर्व महानिर्देशक राजेशराज दली अध्यक्ष, गोमा एयरका क्याप्टेन विनोद पुरी, गोमा एयरकै इन्जिनियर रमेशकुमार सिंह र पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का सदस्य सचिव रहेको आयोगले एक वर्षपछि प्रतिवेदन बुझाएको हो । इन्जिन फेलले मकालु एयरको विमान दुर्घटना विसं २०७३ साउन २० गते हुम्लाको सिमिकोट विमानस्थल नजिक कर्णाली नदीमा दुर्घटनाग्रस्त मकालु एयरको नाइनएन–एकेसी, सी२०८बी विमान इन्जिन फेल भएका कारण दुर्घटनाग्रस्त भएको दुर्घटना जाँच आयोगले जनाएको छ । आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आन्तरिक उडानका क्रममा रहेको सिंगल इन्जिनको उक्त विमान सिमिकोटबाट सुर्खेतका लागि उडेको केही मिनेटमै ८ नटिकल माइल उडान भरेपश्चात् प्राविधिक समस्या आई इन्जिन पूर्णरुपले काम नगरेपछि आपतकालीन अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानको इन्जिन पूर्णरुपमा काम नगरेको भए पनि चालकले पुनः सञ्चालन गर्ने प्रयास गरेको र सफल नभएपछि नजिकको सबैभन्दा उपयुक्त ‘फोर्स ल्याण्डिङ साइट’ अर्थात् सिमिकोट विमानस्थलमै विमानलाई सुरक्षित अवतरण प्रयास गर्दा त्यो सम्भव नभएपछि कर्णाली नदी किनारमा अवतरण प्रयास गर्दा दुर्घटना भएको थियो । विमान दुर्घटनाग्रस्त भएको तर दुवैजना पाइलट विमानबाट सकुशल बाहिर निस्की पौडेर नदी किनारमा पुग्न सफल भएकाले तत्काल उद्धार भएको थियो । विमान भने अहिलेसम्म पनि भेटिएको छैन । उक्त विमान कर्णाली नदीको बहावले बगाएर हराएको र दुर्घटनापश्चात् सात महिनापछि स्थानीयवासीले इन्जिन फेला पारेका थिए । आयोगका सदस्यसचिव हरि खड्काले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यलाई आज प्रतिवेदन बुझाउनुभएको हो । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा, गोमा एयरका क्याप्टेन मनिस पन्त, गोमा एयरकै इन्जिनियर सोहन महर्जन र पर्यटन मन्त्रालयका सहसचिव अरी खड्का सदस्यसचिव रहेको दुर्घटना जाँच आयोग गठन गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending