श्रमिकको अवस्था बुझ्न युएइ आएको सरकारी टोली बजेट अभाव भन्दै घुमेर फर्कियो
आषाढ़ ३१ गते, २०७४ शनिवार 15th July, 2017 Sat०९:०७:०२ मा प्रकाशित
युएई । नेपाल सरकारकी उपसचिव निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रबर्धन बोर्डका गरी ५ जनाको सरकारी टोली युएई आएर फर्किएको छ । नेपाली कामदारहरुको अवस्थाबारे अध्ययन गर्न जुलाई ७ तारिकको दिन युएई आएको टोली बिनाअध्ययन युएईका शहर घुमेर बिहीबार फर्किएको हो ।
टोली युएई आएर घुमफीर मात्र गरेर फर्किएको र नेपाल सरकारको बजेट मात्र सक्ने काम गरेको भन्दै युएईमा रहेका नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले आफूहरुले कतैबाट औपचारिक जानकारी नपाए पनि अनौपचारिक रूपमा जानकारी पाएको बताए । उनले सरकारले यस्तो कार्य बन्द गर्नु पर्ने बताए ।
युएई आएको टोलीले यहाँ रहेका राजनैतिक दलका भातृ संगठन , एनआरएन , नेपाल पत्रकार महासंघ लगायत करिब सयको हाराहारीमा रहेका जिल्ला स्तरीय, जातीय सस्था कसैसँग पनि सुझाव संकलन गरेन ।
यहाँका हरेक समस्यालाई दूतावास र नेपाल सरकार समक्ष पुर्याउने संघसस्थाका प्रतिनिधिहरुसँग भेटघाट नै नगरी संकलन गरिएको सुझावले नेपाल सरकारको बजेट मात्र सक्ने छ भन्ने युएईबासी नेपालीहरुको बुझाइ रहेको छ । \"यसरी मजदुरको नाममा हुने भ्रमण बन्द गरी त्यही रकम पीडित मजदुरहरुको उद्धारमा खर्च गर्ने हो भने केही राहतको महसुस हुन सक्छ \" बस्यालले भने ।
युएईमा लामो समय देखि विभिन्न क्षेत्रमा कार्यरत मजदुरकाबीचमा रहेको हुनाले धेरै क्षेत्रका समस्याबारे जानकार रहेको र एक दिन पीडितसहित उपस्थित गराएर अन्तकृया नै गराउने योजना बनाएको भए पनि दूतावास र भ्रमणमा आएको टोली दुबैले बेवास्ता गरे पछी आफुहरु मौन बसेको विभिन्न सँघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेलले यतिधेरै सँघसगठन रहेको युएईमा सरकारी टोलीले कुनै जानकारी नगराउनु र दुबई शहर घुमेर मात्र फर्कनुले गैर जिम्मेबार र सरकारी ढुकुटीको लुट गर्ने स्पस्ट मनसाय भएको बताए । यसैगरी जनसम्पर्क समिति, प्रवाशी नेपाली मञ्च लगायतका संघसंस्थाका प्रतिनिधिहरुले पनि सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।
सरकारको मन्त्रालय बाट आउने टोलीले मजदुरका मुद्दा पहिचान गरी सम्बोधन गर्न लाग्नुपर्नेमा यातायातको समस्या र बजेटलाई नै कारण देखाइ उम्कन खोज्नुले लज्जास्पद बनाएको उनीहरुको भनाइ रहेको छ ।
यसैगरी नेपाली दूतावास अबुधाबिले भ्रमण टोलिको उदेश्य बारे दूतावास समेत प्रष्ट नभएको बताएको छ ।
\"उहाँहरु यहाँ आउनु भयो हामीलाई नेपाली मजदुर कार्यरत केही क्याम्पमा लैजानुस भन्नु भयो, हामीले दुईवटा क्याम्पमा अनुमती लियका थियौ तर टाढा भएको र बजेट अभाव भन्दै दूतावास नजिकै रहेको महिला सेल्टर हाउस र केही पीडित लाई भेटेर फ़र्कनु भयो\" दूतावासका एक कर्मचारीले फोनमा भने ।
नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र मन्त्री प्रभु शाहको नेतृत्वमा एक टोली युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेटी गुनासो समेत गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्ड स्वदेस फर्किएर केहि सुधार गर्न खोजे पनि युएइमा कार्यरत नेपालीको अवस्था र दलालहरुको कार्यशैलीमा भने खासै परिवर्तन भएको देखिदैन ।
नेपालमा आर्थिक बर्षको अन्त्य हुनै लाग्दा तीब्र गतिमा देखिने यस्ता भ्रमण केबल राज्यको ढुकुटी रित्याउन तयारी गरियको नाटकिय खेल भन्दै अधिकाम्स नेपालीले आक्रोश व्यक्त गरेका छन भने सरकार यसबारे मौन देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: