Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ट्रक र बस ठोक्किाँदा १० को मृत्यु, २३ घाइते

\"\"भारत ।  दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ । तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा सो दुर्घटना भएको बताइएको छ । ‘गतरात भाल्लाम इलाकामा एउटा ट्रकले यात्रुबहाक बसलाई ठक्कर दिँदा १० जनाको मृत्यु हुनको साथै अन्य २३ जना घाइते भएका छन् एक प्रहरी अधिकारीले भने । बसमा सवार कति यात्रुलाई ट्रकले ढुवानी गरेको स्टीलको छडले लागेर चोट लागेको छ , सो प्रष्ट नभएको पनि उनले थप जानकारी दिएको छ । राज्यद्वारा सञ्चालित यात्रुबहाक बसमा झण्डै ६० जना स्थानीय यात्रु सवार थिए । मृतकमध्ये आठ जना यात्रु रहेका छन् भने दुई जना चालक र उनका सहायक रेहका छन् । घाइते भएका सबैलाई थान्जाभुर मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएको एक जना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन भइरहेको तर प्रारम्भिक विवरण अनुसार तीव्रगतिका कारण दुर्घटना भएको अनुमान पत्ता लागेका प्रहरी अधिकृतले बताएका छन् । स्थानीय सरकारले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भारतमा सवारी साधनको कमजोर अवस्था, बिग्रिएको बाटो र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै सवारी दुर्घटना हुने गरेका छन् । भारतको सडक यातायात मन्त्रालयले सन् २०१५ मा एक लाख ४६ हजार १३३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको जनाएको छ । त्यसैगरी पाँच लाख २७९ जना घाइते भएका थिए भने देशभरीमा पाँच लाख एक हजार ४२३ वटा दुर्घटना भएको थियो । विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको “ग्लोबल रोड सेफ्टी रिपोर्ट २०१५” का अनुसार भारतमा सडक दुर्घटनामा परी वार्षिक औषत दुई लाख जनाको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies