Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

घटना हुनुअगावै अपहरणका योजनाकार समूह पक्राउ

चितवन, हत्या र अपहरणको योजना बनाएको एक समूहलाई घटना हुनुअगावै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

वैदेशिक रोजगारका क्रममा ठगिएपछि त्यसको रिसमा हत्या गर्ने योजना बनाएर चितवन आएको समूहलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको उवा गाउँ विकास समिति वडा नं ४ बस्ने वर्ष २६ को प्रेम रोक्कामगर, दाङको तुल्सीपुर नगरपालिका वडा नं ४ बस्ने ३० वर्षीय विशाल घर्तीमगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ४ बस्ने १९ वर्षीय प्रेम तामाङ, मोरङको हसन्दपुर गाविस वडा नं ४ बस्ने २१ वर्षीय मयंक शाह र नवलपरासीको कोटथर गाविस वडा नंर ३ बस्ने २२ वर्षीय मीनबहादुर राना रहेका छन् ।

प्रहरीले निजहरुको साथबाट कटुवा पेस्तोल एक थान, ३०३ गोली राउन्ड एक थान, मुन्द्रा भएको डमी राउन्ड एक थान, फलामे चपर एक थान र ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ परेकामध्ये रोक्का मगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाएको र कानुन विपरीत भएकाले निजहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएपछि पठाउने व्यक्तिलाई माने कागज गराउने नमाने गोली हानी हत्या गर्ने योजनाका साथ चितवनमा रहेको अवस्थामा सुराकीका आधारमा पक्राउ गरेको बताए ।

निजहरुले सो योजना सफल नभएमा नारायणगढका एक जना व्यापारीलाई अपहरण गरी फिरौती असुल गर्ने र असुल नभएमा निजको समेत हत्या गर्ने योजना साथ ती व्यापारीसँग भेटघाट गरी कुराकानीसमेत गरेको प्रहरीले जनाएको छ ।

घटना हुनुभन्दा अगाडि नै दिउँसो ४ बजे नारायणी नदी किनारको चौरबाट निजहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक थापाले बताए । अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यस मुद्धामा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ६० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

त्यसैगरी प्रतिबन्धित लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाविस वडा नं १ लोथर बस्ने ४२ वर्षीय हीरालाल श्रेष्ठ रहेका छन् । निजको साथबाट प्रहरीले लागुऔषध अफिम ५३० ग्राम, चराको नलीखुट्टाजस्तो देखिने हड्डी एक थान, जनावरको जस्तो देखिने दात एक थान र जनावरको पुच्छरजस्तो देखिने रौँ बरामद भएको प्रहरीले जनाएको छ ।

निज श्रेष्ठलाई नारायणगढको नवदुर्गा लजबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । अभियुक्तलाई लागुऔषधको हकमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत र हड्डी, दाँत र रौँको हकमा अनुसन्धानका लागि जिल्ला वन कार्यालय चितवनमा बुझाइने प्रहरीले जनाएको छ । लागुऔषध मुद्दामा १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending