Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

स्थानीय तहमा कर्मचारी समायोजन सुरु हुँदै

\"\"कञ्चनपुर । व्यवस्थापिका–संसद्को बैठकले कर्मचारी समायोजन विधेयक पारित गरिसकेको छ । निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै र विधेयक पारित भएपछि स्थानीय तहमा कर्मचारी समायोजन पनि सुरु भएको छ । विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा आउन थालेका जानकारी समेत आउन थालेका छन् । ‘जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै हामीहरू पनि नगरपालिकामै आएका छौं,’ कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयबाट भीमदत्त नगरपालिकामा खटाइएका स्वास्थ्यकर्मी पंकज रावल बताउँछन् । पहिलो चरणमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीहरू जिल्लाका सबै स्थानीय तहमा पुगिसकेका छन् । उनीहरूले विषयगत क्षेत्रका लागि स्थानीय तहमा परिषदका लागि योजना बनाउने तथा बजेट बाँडफाँडका लागि आवश्यक सुझाव दिने र सहयोग गर्ने काममा खटिएको बताइएको छ । उनका अनुसार भीमदत्त नगरपालिकामा जनस्वास्थ्यबाट २ र अञ्चल आयुर्वेदिक औषधालयबाट १ जना कर्मचारी आएका छन् । यसैगरी महाकाली नगरपालिकामा पनि २ जना स्वास्थ्यकर्मीहरू काम गर्न थालेका छन् । उ स्वास्थ्यका कर्मचारी विभिन्न तहमा हाजिर भए पनि सबै कर्मचारी समायोजनमा समस्या देखिने विभिन्न कार्यालयका कर्मचारीहरू बताउँछन् । खासगरि वरिष्ठता, क्षेत्र रोजाइ र भौतिक संरचनाका कारण समायोजनमा समस्या देखिने कर्मचारीहरू बताउँछन् । विषयगत शाखाका लागि स्थानीय तहमा भौतिक संरचनाको अभाव छ ।’ भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले भने, उनले कर्मचारी समायोजनसंगै भौतिक व्यवस्थापन र सञ्चालन जटिल रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending