Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

गृहमन्त्री शर्माले गरे इन्टरनेट बिनाको इमेल प्रविधि उदघाटन, कसरी चल्छ ?  

\"\"काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी सञ्चार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data) को समेत उद्घाटन गरेका छन् । रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै (H.F. Radio Data)  प्रविधि हो । यो (Military Standard)  को प्रविधिलाई (Software Defined) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server सँग जडान गरिने हो भने Internet Browse गर्न सकिन्छ । त्यसै गरी Email Server मा जडान गरिने हो भने व्यक्तिगत Email Address मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ । कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकोले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताएका छन् । प्रहरी राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पु¥याउन प्रविधि महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन् । जनतालाई सुरक्षा प्रदान गर्न प्रहरीले सूचना तथा संचार प्रविधिको प्रयोग गरे जस्तै अपराधीले अपराध गर्नका लागि समेत प्रविधिको प्रयोग गर्ने कुरालाई ध्यानमा राखेर अपराध अनुसन्धान र सुरक्षा शैलीमा पनि विकास गर्नुपर्ने, व्यवसायिकता र पारदर्शिता प्रविधिले निर्धारण गर्ने उल्लेख गर्दै अपराध अनुसन्धान प्रविधि बिना सम्भव नभएकाले सुरक्षा चुनौति सामना गर्नका लागि प्रविधि युक्त प्रहरी निमार्ण गर्नुपर्ने बताएका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले धन्यबाद ज्ञापन गर्नुहुदै नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिको पक्षलाई आधुनिकीकरण गर्दै Technology based / Intelligence led policing तर्फ जानुपर्ने कुरामा जोड दिए । सूचनाको संवेदनशिलतालाई मनन गर्दै सानो सूचनाको अभावमा उत्पन्न हुनसक्ने ठूलो सुरक्षा जोखिम न्यूनिकरण गर्नुपर्दा प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता महसुस हुने बताउँदै प्रहरी महानिरीक्षक अर्यालले सुरुका दिनमा सूचना तथा संचार प्रविधि एउटा साधनको रुपमा मात्र प्रयोग गरिएको भएता पनि यो आधुनिक प्रहरीको अनिवार्य आवश्यकता बनेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक डा.राजिव सुब्बाले प्रहरीमा सूचना तथा संचार प्रविधिको भूमिका विषयमा तथा नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्द राज खनालले साइबर सुरक्षा र संवेदनशिलता तथा सेतोपाटी अनलाइनका प्रधान सम्पादक अमित ढकालले सूचनाको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । उक्त कार्यपत्रमा फेडेरेशन अफ कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष बिनोद ढकाल र नेपाल दुरसञ्चार केन्द्रीय कार्यालयका प्रमुख प्राविधिक लोचनलाल अमात्यले टिप्पणी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending