Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

शुल्क फिर्ता नगरे आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी

\"\"काठमाडौं । अखिल नेपाल रष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तीकारी) ले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान(आइओइ) अन्तर्गतका सवै कलेजमा वृद्धि गरिएको भर्ना र परीक्षा शुल्क तत्काल फिर्ता नलिए देशभरका इन्जिनियरिङ कलेजहरुमा सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ । संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्ती इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको ढाड सेक्ने गरी भर्ना र परीक्षा शुल्कमा गरेको चर्को शुल्कवृद्धिका विरुद्ध विगत चारदिन देखि पुर्वाञ्चल क्याम्पस, धरानमा जारी आमरण अनसनप्रति त्रिवि, डिन कार्यालय र क्याम्पस प्रशासनको गैरजिम्मेवारपुर्ण उदानसिनताप्रति आफ्नो संगठनको गम्भीर आपत्ति रहेको जनाएका छन् । विज्ञप्तीमा अखिल क्रान्तिकारीका नेता कृष्णराज न्यौपाने र नेविसंघका नेता सरोज अधिकारीको स्वास्थ्य स्थिति दिनप्रतिदिन नाजुक वन्दै जांदा पनि सम्वन्धित निकायबाट देखाइएको गैरजिम्मेवारपूर्ण व्यवहारले आफुहरुलाई आन्दोलन गर्नु बाध्य पारेको उल्लेख छ । आन्दोलनको समर्थनमा आज पुर्वाञ्चल क्याम्पसका सयौं विद्यार्थीले क्याम्पसवाट निस्किएर धरान भानु चौक पुगी विशाल जुलुस प्रदर्शन भएको थियो । त्रिवि अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका क्रान्तिकारी र नेविसंघ आन्दोलित भएका हुन । चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नु परेको बताएका छन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending