बझाङ, बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् । बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । लिपपोत गर्न माटो लिन शुक्रबार तीनै जना घरबाट निस्केका थिए । बेलुका घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटाएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिए । उनका अनुसार घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले पूर्ण विवरण आउन बाँकी छ । मृतक तीनै जना माटो लिन बोरा र नाम्लो लिएर गएको समेत बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ । बालिकाहरु सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: