Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कांग्रेस र माअोवादीबीच किचलोका कारण सरकार विस्तारमा ढिलार्इ

\"\"काठमाडौं । सरकार विस्तार ढिलो हुनुमा मुख्य सत्ताघटक कांग्रेस र माओवादीबीच मन्त्रालयकै किचलो मुख्य कारण बनेको छ । जेठ २४ गते प्रधानमन्त्रीसँगै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकबाट एक जना मन्त्रीले मात्रै शपथ खाएका थिए । २२ मन्त्रालयले झन्डै डेढ महिना हुन लाग्दासमेत मन्त्री पाउन सकेका छैनन् । प्रधानमन्त्रीसँगै रहेका ती मन्त्रालयले मन्त्री नपाउँदा दैनिक कामकारबाहीसमेत प्रभावित छ । अाजको कान्तिपुरमा खबर छ– मन्त्री बन्न नपाएको असन्तुष्टि चुनावमा पर्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ अघि मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेनन् । चुनावलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाले बारम्बार बताउँदै आए पनि चुनाव सकिएकै तीन साता हुन लाग्दासमेत सरकारले पूर्णता पाउन सकेन । ‘अब त मन्त्री हुने रहरसमेत मरिसक्न लाग्यो,’ मन्त्रीका लागि निरन्तर दौडधूप गर्दै आएका एक कांग्रेसका नेताले भने, ‘आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै यतिका दिन बिते, मन्त्रिमण्डल गठन गर्ने अझै टुंगो छैन ।’ कांग्रेस र माओवादी केन्द्रका लागि छुट्याइएको २० मन्त्रालयमा कांग्रेसले १२ र माओवादी केन्द्रले ९ मन्त्रालयको अडान नछाडेका कारण भागबन्डा नमिलेको हो । दुवै दलले पार्टीभित्रको व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै अडान नत्यागेपछि राप्रपासहित साना दलका लागि छुट्याइएको दस मन्त्रालयमा कटौती गरेर भए पनि मिलाउने प्रयासमा सोमबार रातिसम्म छलफल भएको थियो । कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन रहेको कार्यदलले भागबन्डा टुंग्याउन बैठक बसेको थियो । कांग्रेस नेता निधिले मंगलबार बिहानसम्म भागबन्डा टुंग्याइने बताए । संसद्मा दर्ता भएको संविधान संशोधनको विधेयकको पक्षमा दुई तिहाइ नपुग्ने भएपछि प्रधानमन्त्री देउवाले सबै साना दललाई नसमेट्न गरी नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार राप्रपाका लागि अहिले उपप्रधानबिनाको चार मन्त्रालय छुट्याइएको छ । सरकारमा जाने विषयमै राप्रपा विभाजनको संघारमा पुगेपछि तत्काल उसलाई सरकारमा नल्याई मन्त्रालय मात्रै छुट्याएर राखिनेछ । प्रधानमन्त्री देउवाको जोड राप्रपाभन्दा पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने छ । फोरम सरकारमा आएमा उसका लागि तीन मन्त्रालय दिने कांग्रेस र माओवादीबीच समझदारी छ । तर फोरमले तत्काल सरकारमा नआउने बताएकाले राप्रपाका लागि ४, फोरम लोकतान्त्रिकका लागि ३, नेकपा (संयुक्त) का लागि १ र १ मन्त्रालय साना दलका लागि दिइने तयारी छ । कार्यदलले मंगलबार बिहानसम्म टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने र त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending