वैद्य , वावुराम र विप्लवले जितेनन् र माओवादीले हारेन , मन सफा गरेर आउँछन् भने माइलो भाग तिनका लागि सुरक्षित हुनै पर्दछ । यो कसरी हुुन्छ पेरीसडाँडाले देखोस् । जति अबेर हुन्छ सबेर त्यति नै टाढा छ समिक्षको बहिखातामा यो पनि परोस्माओवादी संगठनको आधार फौजी मनोविज्ञानको आधार हो । डर लाग्दा लडाईंहरु लडेका र लडिरहन सक्ने मानिसहरु अहिलेपनि यो पार्टीको आधारमा छन् । अनुपातमा प्रतिवद्धताको अंश जतिनै होस् , सिकाइको आधार फौजी भएपछि मनोविज्ञानमा यसको असर रहन्छ नै । यो मनोविज्ञानले संगठनात्मक विधि पनि त्यस्तै होस् भन्ने चाहन्छ । माओवादी कमाण्डरहरुको पार्टी हो भने यो हुनै पर्दछ । यसो नहुनु भनेको गुटवन्दी हुनु हो, गुटवन्दी भनेको फौजी भाषामा सेनाको आन्तरीक विद्रोहको चरण हो । आन्तरीक विद्रोहमा रहेको सेनाले सहजै ठानिएका लडाईंहरुमा समेत विजय प्राप्त गर्न सक्दैन । माओवादीका लागि स्थानीय निकाय निर्वाचनको परीणामका यस्तै भएको हो । गुटवन्दीका गरुँगा गलगाँड बोकेर निर्वाचनको नदी पार गर्ने कुरा कठिन कुरा नै हो र थियो । [caption id=\"attachment_93751\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] नहट्ने गरी लड्दा जितिन्छ , हारिएला की भनेर लडे पछि हारिन्छ । यो सामान्य नियम हो । स्थानीय तहको निर्वाचन हुँदै गर्दा थुप्रै स्थानमा निर्वाचन हारिन्छ नै भनेर लडिएको हो । जितिएन भनेर त्यसको वाइफाला समीक्षाको कुनै तुक छैन । विचार र विधिमा कहाँनिर चिप्लियो त्यो खोज्नु पर्छ नै तर काँपेका खुट्टा बोकेर , घ्याम्पो काँप्यो म काँपीन भन्ने फुस्रा फेहरीस्त बोकेर पेरीसडाँडाले अँध्यारा थुप्राहरु नउभ्याओस् । माओवादीहरु स्पातका हुन् भन्ने मानिएको विज्ञान माओवादीहरु मतवेचुवा पनि हुन्छन् भन्नेमा अपभ्रंसित हुँदै गर्दा बेच्नु र बेचिनु पर्ने कारण र निदानमा माओवादीलेआफूलाई केन्द्रीत गरोस् । हिजो एक कासनमा मर्न तयार हुनेहरु आज अनेकता , अराजक र व्यक्तिवादी हुनुमा समयले बनाएको परिवन्द हो या समाजमा जिउनका लागि बनेको नियति यस्को खोजबिन होस् र उपचार गरीयोस् । नेता भए पछि अग्लाको अग्लै वा सदैव कथावाचक बनिरहनु पर्ने मनोदशा र श्रोतामा ती भन्दा उत्कृष्ठ हुदैनन् र छैनन् भन्ने अहंताले माओवादी नराम्रोसंग गाँजीएको मात्र नभइ यसले पार्टी निर्माणको मुहाननै थुनेको छ । तल पनि उत्खनन नभएका कयौ सत्य छन र तिनका जानि फकार होचा ठान्ने गरिएका पनि हुन सक्छन् भन्ने सत्यलाई आत्मसात गर्न सक्ने क्षमता नेतृत्वले बनाओस भन्ने कुरामाा पेरीसडाँडाले कासन गरोस् । पछिल्ला वर्षमा मतादाताको मनोविज्ञान फेरिएकोछ । त्यसको कारण नेतृत्वले खोजोस् र तिनका बीचमा पार्टीलाई लगिरहन अपनाउनु पर्ने विधिका बारेमा पेरीसडाँडाको चिन्ता जाहेर होस् । स्थानीय तहको निर्वाचन हारियो कि जितियो भन्ने समीक्षा भइरहँदा एउटा निष्कर्ष छ , मुद्दामा परिणाम नखोज्ने हो भने माओवादीले यो निर्वाचन न जित्यो न हार्यो । घोषित परिणामलाई ०७० बाट हेर्ने हो भने माओवादी उही स्थानमा छ । अर्को एक प्रदेशको निर्वाचनमा माओवादीले जति जित्ने छ त्यो ७० को तुलनामा माओवादीका लागि नाफा हो भन्न सकिन्छ । यो निर्वाचमा केही विषेशता पनि देखिए जुन विशेषताले माओवादी को आगामी उपस्थिति केन्द्रीय वा प्रदेश स्तरमा कमजोर हुनेछैन भन्ने तिर संकेत गरेको छ । कम सिट भएका जिल्लामा माओवादीले राम्रै गरेको छ । जहाँबाट केन्द्रमा कम्तीमा एक सिट अनिवार्य आउनुपर्नेछ । केही जिल्लाको मतमा उल्लेख्य वृद्धी भएको छ जो प्रदेश र केन्द्रको निर्वाचनसम्म पुग्दा जीतमा बदल्न सकिन्छ । यो माओवादीका लागि सुखद् सन्देश हो । जहाँसम्म मतघटेका जिल्लाको कुरा हो माओवादीका लागि ती जिल्ला हिजो पनि फलामका च्युरा सरह थिए र आज पनि तिनको अवस्था त्यस्तै छ । यसले केन्द्रीय राजनीतीमा माओवादीको हस्तक्षेपको स्तरलाई धक्का दिँदैन । त्यसकारण माओवादीले जीतिने र जीत निकाल्न सकिने स्थानहरुमा आफ्नो ध्यान केन्द्रीत गरी कार्ययोजना बनाओस् । हिजो जस्तै आधार, प्रचार र छापामार जिल्ला नबनाउने तथा जनसेवा ,संघर्ष र प्रतिरोध आन्दोलनको विधिमा संगठन बनाउने कुरा माओवादीले अव ढिला नगरोस् । स्थानीय स्तरका संर्घषलेनै पार्टीलाई पार्टी बनाउँछन् । माओवादीले हारेको कतै छ भने यस्तै प्रयासको ढिलाइमा माओवादीले हारेको हो । हिजोका हाम्रा औधोगिक वा सेवाका क्षेत्रमा रहेका मजदुर र तिनको हुँकारमा पैदा हुने कम्पन कहाँ गयो कतै हामी मजदुरबाट चिप्लिँदै मजदुर र मालिककोबीचमा त आइपुगेनौ हारेको भए हामीले हारेको त्यहाँ हो । हामीमा हुर्केको संघर्षप्रतिको अरुचि तथा हामीमा हुर्कँदै गरेको समन्वयवादको कारणले हामी ठूला नभएका हौं । चिन्ता यता गरे सायद निर्वाचनको यकिनी समिक्षा गर्न सकिन्छ । मन्त्रालयमा हामी परिवार बनाउँछौ । स्तर अनुसारका हेर्डक्वाटरमा स्तर अनुसारकै घेरावन्दी छ, त्यो भन्दा ठुलो एक्लै खाने र जित्ने डेरावन्दी छ । भागमा एउटा बस्ने र बसेकाले अरुलाई नसोध्ने भए पछि नसोधिएकाहरु नसोध्नेप्रति किमार्थ उत्तरदायी बन्दैबन्दैनन् । जब घर वा अफिसमा छिर्दा अपरीचितको भयले कार्यकर्तालाई सताउँछ कार्यकर्ता मैदानमा फुर्नै सक्दैन । सोधनी र पुछनीको यो खडेरीको अन्त्य नगरी संगठनमा जीवन पलाउँदैन । यसो हुन पेरीसडाँडाले मन्जुर गर्छ वा गर्दैन तर यसो गरेको भोलीपल्ट माओवादी माओवादी बनेर उभिने छ । त्यसो त बावुराम, वैद्य र विप्लवका अनुहारहरुमा पनि यो जय वा पराजय खोजिनु पर्दछ । जनतालाई रत्याएर दुर्घटनामा पुर्याउने विप्लवको रहर वा सम्पन्नताको अभिमानी बर्को ओढाएर मुलुकको लिलामी गर्ने बावुरामका लहडको चेपुवामा माओवादी यात्रा परेको कुरा अब अस्विकार गरीरहनु हुदैन । वैद्य, बावुराम र विप्लवले जितेनन् र माओवादीले हारेन , मनसफा गरेर आउँछन् भने माइलो भाग तिनकालागि सुरक्षित हुनै पर्दछ । यो कसरी हुुन्छ पेरीसडाँडाले देखोस् । जती अबेर हुन्छ सबेर त्यति नै टाढा छ समीक्षको वहिखातामा यो पनि परोस् । मुलत पेरीसडाँडाले निरासा नबाँडोस् । हामी सकिएका होइनौ सकिन संभव पनि छैन । बरु हाम्रो अभिमान सकिएको हो , हाम्रो रिर्पोटिङ प्रणाली र हामी कति पानीमा छौं भनेर वुझ्ने परम्परागत औकात सकिएको हो । हाम्रो प्रचार संयन्त्रको उर्जा सकिएको हो । यी सबै नकारत्मकता सकिएपछि जे बाँकी रहन्छ त्यो माओवादी हो । ७० मा हामी झरेकै थियौं जुन धरातलमा हामी उभियौं त्यो धरातल हामीलाई माथि फड्को मार्ने गरी थेग्न तयार छ भन्ने कुरा यो निर्वाचनको परीणामले देखाएको छ । ०६५ पछि भोट नहालेकै मानिसहरुका बीचमा माओवादी सकारात्कमक रुपले छलफल हुँदैछ , यो सकारात्मकता बोक्ने र कार्यकर्तामा उर्जा थप्नेगरी पेरीसडाँडाले बोलोस – जितिन्छ र मात्रै जितिन्छ ।
प्रतिकृया लेख्नुहोस्: