Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

शिक्षामा निजीकरण नगर्न एसियाली सञ्जालको सुझाव

काठमाडौँ, निजीकरणलाई प्रोत्साहन गरिए सामाजिक र आर्थिक विभेद अझ बढेर जाने धारणा राख्दै शिक्षासम्बन्धी एसिया प्रशान्त क्षेत्रमा कार्यरत नागरिक सञ्जालले राज्यले सामुदायिक विद्यालयमाथिको लगानी बढाउन सुझाव दिएको छ । ‘शिक्षामा सार्वजनिक निजी साझेदारी’सम्बन्धी छलफल कार्यक्रमका लागि नेपाल आएका ‘एसिया–साउथ प्यासिफिक एसोसिएसन फर बेसिक एन्ड एडल्ट एजुकेसन’ (आस्प्बे) का विशेषज्ञ रेने रायले पत्रकारसँग कुरा गर्दै अन्तर्राष्ट्रिय अध्ययन र अनुभवले शिक्षामा निजीकरण र व्यापारीकरण हुन नहुनेमा जोड दिए ।

उनले शिक्षाको पहुँचमा आउन बाँकी रहेका र गुणस्तरीय शिक्षा अपनाएकालाई सेवा गर्ने काम सामुदायिक विद्यालयको भएको उल्लेख गरे । सो सञ्जालमा ३० मुलुकका २०० सदस्य संस्था छन् । सबैका लागि शिक्षासम्बन्धी विश्वव्यापी अनुगमन प्रतिवेदन (जिएमआर) उद्धृत गर्दै रेनेले भने–\'त्यस्तो कुनै प्रमाण छैन जहाँ निजी विद्यालयको सिर्जनशीलताका कारण गुणस्तरीय शिक्षालाई योगदान पुगेको होस् ।\'

रेनेसहितको टोलीले आगामी महिना दक्षिण कोरियामा हुने शिक्षासम्बन्धी विश्व सम्मेलनका लागि नेपाल सरकारकातर्फबाट भइरहेको तयारीबारे आइतबार शिक्षा मन्त्रालयका निमित्त सचिव डा लवदेव अवस्थीलाई भेटी चासो व्यक्त गरेको थियो ।

उनले ‘शिक्षामा सार्वजनिक निजी साझेदारी’को अवधारणा पनि असफल सिद्ध भइसकेकाले नेपालले यसलाई पछ्याउने या के गर्ने भन्नेमा बहस हुनुपर्नेमा जोड दिए ।

उनले चिली र फिलिपिन्समा लागू गरिएको ‘शिक्षामा सार्वजनिक निजी साझेदारी’ले शिक्षामा थप असमानता निम्त्याएको उदाहरण प्रस्तुत गरे । सञ्जालको सदस्य रहेको शिक्षाका लागि राष्ट्रिय अभियान, (एनसिइ) नेपालले हालै गरेको एक अध्ययनमा ‘शिक्षामा सार्वजनिक निजी साझेदारी’ सम्बन्धी नेपाल सरकारको स्पष्ट नीति नभएको देखाएको थियो ।

सार्वजनिक विद्यालयको स्तर खस्कनुमा निजी विद्यालयलाई प्राथमिकता दिइनु पनि एक कारण रहेको अभियानका अध्यक्ष राजकुमार गन्धर्वको भनाइ छ । अभियानले शिक्षामा निजीकरणसम्बन्धी नेपाली तर्फको विश्वव्यापी आवधिक प्रतिवेदन तयार गरी युनेस्को पठाइसकेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE