Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

ओलीसँग ल्हासा र तिब्बतका उच्च अधिकारीबीच के-के भयो कुराकानी ?

\"\"काठमाडौं । प्रसिद्ध धार्मिकस्थल मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । आज स्वदेश फर्किन लागेका ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रको जनकंग्रेसका स्थायी कमिटि अध्यक्षले लुसाङ जियाङसुन साङले भेटवार्ता गरेका छन् । तिब्बतको साकायर होटलमा बसेका ओलीसँग चिनियाँ नेताको भेटवार्ता भएको र भेटवार्ताप्छि ओलीको सम्मानमा रात्रिभोज समेत आयोजना गरिएको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएको र १५ बुँदे संयुक्त वक्तव्य स्मरण गर्दै सम्झौताहरु कार्यान्वयन गराउनका लागि नेपाल सरकारलाई दबाब दिइरहेको बताएका थिए । यसअघि ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले औपचारिक भेटवार्ता गरेका थिए । सांग्रिला होटलमा आयोजित बैठकमा ओलीले वान बेल्ट वान रोडमा नेपाल आबद्ध भएपछि नेपालले रेलवे, सडक, व्यापार, पर्यटन, ऊर्जा तथा लगानी लगायतमा विविध क्षेत्रमा चीनबाट ठूलो सहयोग प्राप्त हुने आशा गरेको बताए । ती सम्झौता र सहमतिको सफल कार्यान्वयन गराउन नेपालको उत्तरी सीमा जोडिएको स्वशासित क्षेत्र तिब्बत सरकारको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोगका लागि ओलीले आग्रह गरेको एमालेले जनाएको छ । साउन ७ गते मानवसरोबरको यात्रामा निस्किएका ओलीलाई तिब्बत सरकारका सहायक अध्यक्ष लो मई तथा तिब्बत जनकांग्रेसका अध्यक्ष चु च्यानह्वाले ल्हासाको गोंगर विमानस्थलमा स्वागत गरेका थिए । मानसरोबरको सफल यात्रापछि ओलीलाई त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टीका उपमहासचिव तथा आली प्रिफेक्चरका कमिस्नर श्री फङ छोरले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । ओली आजै मध्याह्न एयर चाइनाको उडानबाट स्वदेश फर्किंदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending