Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

यसकारण लाग्यो लमजुङको दूधपोखरीमा तीर्थालुको भिड

\"\"लमजुङ । लमजुङको दुई स्थानमा रहेका दूधपोखरी कुण्डमा तीर्थालु भक्तजनको भिड लागेको छ । पूर्वी लमजुङको दूधपोखरी गाउँपालिकामा रहेको दूधपोखरी कुण्ड र लमजुङ, मनाङ र कास्कीको सिमानामा पर्ने दूधपोखरीमा तीर्थालुको भिड लागेको छ । ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल दुबै स्थानमा रहेका दूधपोखरीमा वर्षेनी जनैपूर्णीमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब तीन दिनमा पुग्न सकिने यी दूधपोखरी कुण्डमा मेला भर्नका लागि हजारौँ श्रद्धालु भक्तजन त्यहाँ पुगेका हुन् । तीन जिल्लाको सिमानामा रहेको दूधपोखरीमा बेँसीसहरबाट पर्यटकीय गाउँ सिउरुङ, घनपोखरा, भुजुङ, पसगाउँबाट छुट्टाछुट्टै बाटो भएर तीन दिनको यात्रामा तीर्थालु पुगेका छन् । यसैगरी मनाङको दूधखोला, डाँफेओडार हुँदै पनि तीर्थालु दूधपोखरी पुगेको बताइएको छ । कास्कीको ताङतिङ् र सिक्लेस हुँदै पनि दूधपोखरी तीर्थालु मेला भनै दूधपोखरी पुगेका छन् । त्यहाँ, लमजुङ, कास्की, मनाङ, तनहुँका साथै अन्य जिल्लाका भक्तजन पनि पुग्ने गर्दछन् । एक दिनको यात्रामा गाउँ भेटिने भए पनि दोस्रो र तेस्रो दिनको यात्रामा गाउँहरु नभेटिने हुँदा पर्यटक तथा तीर्थयात्री बाटोमा नै पाल टाँगेर तथा ओडारमा बस्ने गर्दछन् । दूधपोखरीमा भने पर्यटक तथा तीर्थयात्रीलाई बस्नका लागि तीनवटा धर्मशाला बनाइएको छ । यसैगरी पूर्वी लमजुङको दूघपोखरी गाउँपालिकामा रहेको दूधपोखरी कुण्डमा पनि तीर्थालु भक्तजन उत्तिकै मात्रामा पुगेका छन् । लमजुङ, गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लाका भक्तजन दूधपोखरीमा पुगेका छन् । दूधपोखरी एक ऐतिहासिक स्थल पनि हो । नेपाल एकीकरण अघि लमजुङका राजा यशोब्रम्ह शाहका छोरा नरहरि शाह लमजुङका राजा भएका थिए भने उनकै भाइ द्रब्य शाह लिगलिगका राजा भएका थिए । दुई भाइबीच झगडा भए पनि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ । दूधपोखरीमा नुहाउनाले मनको आकांक्षा पूरा हुने र पवित्र हुने विश्वास गरिन्छ । दूधपोखरी नजिकै अर्को पोखरी पनि छ । बेला बेलामा रुप फेरेर कालो, निलो, हरियो देखिने उक्त पोखरीलाई कालोपोखरी पनि भनिन्छ । कालोपोखरी हेरेमा मनले चिताएको नपुग्ने जनविश्वासका छ । यसैकारण सो पोखरी नदेखिने गरी तीर्थयात्री फर्कने गर्दछन् । त्यसो त दूधपोखरीमा नुहाउँदा महत्वपूर्ण केही सामान छोडिएको भएमा पनि लिन जान नहुने जनविश्वास छ । सामान लिन फर्किएमा पनि चिताएको तथा पोखरीमा कामना गरेको मनोकामना पूरा नहुने जनविश्वास रहेको छ । यसैगरी लमजुङको उच्च पहाडी भेगमा रहेका बराहपोखरी, मेमेपोखरीमा पनि जनैपूर्णिमाको अवसर पारेर मेला लाग्ने गर्दछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending