Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

किन गर्यो कतारले ‘डब्ल्युटिओ’ मा उजुरी

\"\"दोहा । आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठन, (डब्ल्युटिओ) मा उजुरी गरेको छ । कतारले छिमेकी गल्फ देशहरुले आफ्नो उत्पादनलाई अवैध रुपमा कब्जा गरेको र अन्तर्राष्ट्रिय ब्यापारमा पनि बाधा उत्पन्न गरेको भन्दै कतारले विश्व ब्यापार सङ्गठनमा उजुरी गरेको समाचारमा जनाइएको छ । कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी लगाएका छन् । कतारमाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाई कतारको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान दिएका छैनन् । सुरुमा कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका ती देशले गएको करिब दुई महिनायतादेखि कतारमाथि नाकाबन्दी लगाएका छन् भने कतार एयरवेजलाई गल्फमा उडान भर्न पनि दिएका छैनन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी लगाएपछि आफूमाथि अन्याय भएको भन्दै कतारले सो उजुरी दिएको बताइएको छ । उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका भए पनि कतारले भने ती कुनै पनि शर्त मान्न तयार नभएको अडान राखी आएको छ । कतारको अर्थ तथा बाणिज्य मन्त्रालयले मङ्गलबार सो जानकारी दिएको हो । उसले भनेको छ ‘हामीमाथि आर्थिक रुपमा पनि अन्याय भएको छ, हाम्रा उत्पादनहरुलाई बाहिरी बजारसँग पहूँचको सट्टा कब्जा नै गरिएको छ, त्यसैले हामी विश्व ब्यापार सङ्गठनसँग यो विषयमा उजुरी गरेका छौँ ।’ साउदी अरब नेतृत्वको उक्त चार देशीय गठबन्धनले कतारमाथि विभिन्न शर्त राखेर जारी राखेको विरोधका कारण कतारलाई ठूलो आर्थिक क्षति पुगेको दाबी कतारले उक्त उजुरीमा गरेको छ । उक्त कूटनीतिक तनावको समाधानका लागि बहराइनमा आइतबार अरब राष्ट्रका विदेशमन्त्रीहरुको बैठक बसेको भए पनि कुनै निष्कर्ष भने निस्किएको छैन । कतारको टेलिभिजन अल–जाजिरा बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायतका १३ वटा शर्त सो गठबन्धनले राखेको छ । कतार समस्याको समाधानका लागि कुवेतले मध्यस्थता गरिरहेको छ । त्यस्तै टर्कीले पनि समाधानको पहल गरिरहेको बताएको छ । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने भनी राखेका शर्त मान्न कतार तयार नरहेको जानकारी यसअघि नै दिएको छ । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy