Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

१८ सांसदले के भने निर्वाचन विधेयकमाथि छलफलमा ?

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन् । महिला–महिलाबीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने चर्चा गर्दै उहाँहरुले कूल १६५ निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत् क्षेत्र महिलाका लागि छुट्याउन सुझाव दिए । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिद्वारा प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमाथि बिहिवार आयोजित छलफलमाथि आ–आफ्ना संशोधन तथा राय सुझाव दिँदै उनीहरुले स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित निर्वाचनका लागि निर्वाचनको तिथि मिति तोक्ने प्रावधान सरकारलाई भन्दा निर्वाचन आयोगलाई नै दिनुपर्ने सुझाव दिएका थिए । सांसद ईश्वरी न्यौपानेले कूल निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत क्षेत्रमा महिला–महिला बीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था विधेयकमा समावेश गर्न आवश्यक भएकामा जोड दिए। सांसद श्यामकुमार श्रेष्ठले समानुपातिक निर्वाचनको बन्द सूची निर्वाचन आयोगमा पेश गरिसकेपछि परिवर्तन हुन नसक्ने प्रावधान राख्न सुझाव दिए । सांसद रामनारायण बिँडारीले समानुपातिक निर्वाचनको बन्दसूचीमा अपांग भएकालाई पनि समावेशी आधार बनाउर्ने बताए । सांसद राधेश्याम अधिकारीले विधेयकमा नो भोटको प्रावधान आएको हुँदा यस्तो प्रावधान राख्न आवश्यक नरहेको बताए । सांसद गुरुप्रसाद बुर्लाकोटीले स्थानीय तहलाई आफ्ना तहमा आवश्यक पर्ने मतदान स्थल निर्धारण गर्ने अधिकार विधेयकमा राख्न सुझाव दिए । सांसद जनकराज जोशीले प्रत्याह्वानको प्रावधान विधेयकमा समावेश गर्न आग्रह गर्दै यसले जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुपर्ने बताए। सांसद रामहरि खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष र राष्ट्रिय सभालाई समानुपातिक बनाउन विधेयकले प्रावधान राख्नुपर्ने बताए । सांसद रामेश्वर ढुङ्गेलले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा महिला,दलित जनजाति,अल्पसङ्ख्यक लगायतले उम्मेदवारी दर्ता गराउँदा न्युनतम ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरे । बैठकमा सांसदहरु तेजकुमारी पौडेल, लालबाबु रावत, कमला दोङ, निशाकुमारी साह, डिवि नेपाली, पेम्वा लामा, बुद्धिराम भण्डारी, प्रेम सुवाल, कुन्तीकुमारी शाही, योगेन्द्र चौधरीलगायतले प्रस्तावित विधेयकका विविध पक्षमाथि सुझाव दिएका थिए । उपसमिति बैठक व्यवस्थापिका सांसद, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति अन्तर्गत गठित उपसमितिमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ माथि आज पनि छलफल भएको छ । सो उपसमितिमा जीवनराम परियार, धनिराम पौडेल, आनन्दी पल, रामहरि सुवेदी, दीपशिखा शर्मा र श्रीमाया थकाली रहेका छन् । समितिका सभापति रञ्जुकमारी झाको अध्यक्षतामा बसेको उपसमितिको बैठकमा सो प्रस्तावित विधेयकका विविध पक्षमाथि छलफल भएको थियो । सो विधेयक सदनबाट शिध्र पारित गराउनुपर्ने माग राख्दै प्रा डा गोविन्द केसी आमरण अनसनमा छन् । सो विधेयकमाथि २८० भन्दा बढी संशोधन प्रस्ताव परेका छन् ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending