श्रावण २३ गते, २०७४ सोमवार 7th August, 2017 Mon०६:११:३७ मा प्रकाशित
काठमाडौं । सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।
अाजको नयाँ पत्रिकामा खबर छ– सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवास्ताका कारण सरुवा भएको चार दिन बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । केही मन्त्री र उच्च राजनीतिक दबाब एवं हस्तक्षेपका कारण सरुवा सूचीमा थपघट गर्नुपर्ने भएकाले कार्यान्वयनमा समस्या देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । सरुवा भएकाले राजनीतिक नेतृत्वको प्रयोग गरेर रोक्न खोज्ने र नभएकाले आकर्षक ठाउँमा जान राजनीतिक लविङलाई तीव्र पारेकाले पनि सरुवा कार्यान्वयनमा समस्या देखिएको हो ।
सरुवाको पत्र नआउँदा अन्योल
सरुवा भएको खबर पाए पनि चार दिनदेखि पत्र पाउन नसक्दा सहसचिवहरू अन्योलमा छन् । ‘सरुवा भएको भनेपछि मन्त्रालयमा काम गर्ने मनस्थिति नै रहँदैन, छिटोभन्दा छिटो सरुवाको पत्र दिएर कार्यान्वयन गर्नुपर्छ ,’ गृह मन्त्रालय सरुवा भएका एक सहसचिवले भने ।
चार दिनअघि सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन नसकेपछि मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवमाथि प्रश्न उठेको छ । विभिन्न निकायमा दरबन्दीभन्दा बढी संख्यामा सहसचिवको सरुवा तथा पदस्थापन भएपछि कार्यान्वयनमा समस्या भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै आवश्यक दरबन्दीभन्दा बढीको संख्यामा सहसचिवको सरुवा भएको छ भने अर्थ मन्त्रालय र गृह मन्त्रालयमा पनि त्यस्तै समस्या देखिएको छ ।
निर्णय कार्यान्वयन हुन्छ : मुख्यसचिव
मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले सरकारको निर्णय कार्यान्वयन हुने बताए । केही सामान्य समस्या देखिए पनि त्यसको म्यानेज भइसकेकाले सरुवाको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आउने मुख्यसचिव क्षेत्रीले बताए । ‘सुरुमा केही सामान्य समस्या देखिएको थियो । अब सबै मिलिसकेको छ । सहसचिवको सरुवाको अन्तिम सूची सोमबार सार्वजनिक गर्छौँ,’ क्षेत्रीले भने । सरुवा भएका सहसचिवहरू पत्र लिन शुक्रबारदेखि नै सामान्य प्रशासन मन्त्रालय धाउँदै आइरहेका छन् । तर, पत्र पाएका छैनन् ।
यस्तो छ सरुवाको सूची
१ केदारनाथ शर्मा संघीय मामिला तथा स्थानीय विकासबाट गृह मन्त्रालय
२ चक्रबहादुर बुढा– शिक्षा मन्त्रालयबाट गृह मन्त्रालय
३ रमेश कुमार केसी अर्थ मन्त्रालयबाट गृह मन्त्रालय
४. नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा पदस्थापन
५. रामप्रसाद आचार्य गृह मन्त्रालय पदस्थापन
६. बाबुराम श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालय
७. श्यामप्रसाद भण्डारी गृह मन्त्रालय पदस्थापन
८. सीताराम कार्की शिक्षा मन्त्रालयबाट गृह मन्त्रालय
९. देवराज ढकाल श्रम तथा रोजगार मन्त्रालय पदस्थापन
१०. यज्ञराज कोइराला गृह मन्त्रालयबाट सूचना तथा सञ्चार मन्त्रालय
११. राजकुमार श्रेष्ठ गृह मन्त्रालयबाट अर्थ मन्त्रालय
१२. केशवराज घिमिरे गृह मन्त्रालयबाट शिक्षा मन्त्रालय
१३. रविलाल पन्त गृह मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय
१४. दामोदर रेग्मी प्रधानमन्त्री कार्यालयबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय
१५. धु्रव घिमिरे अख्तियार पदस्थापन
१६. ताराप्रसाद भट्टराई लोकसेवा आयोग (पदस्थापन)
१७. किशोरजंग कार्की सूचना तथा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालय
१८. उत्तरकुमार खत्री गृहबाट अर्थ मन्त्रालय
१९. जनार्दन गुरागाईं स्वास्थ्य मन्त्रालय पदस्थापन
२०. मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय पदस्थापन
२१. कृष्णप्रसाद ज्ञावली श्रम तथा रोजगार मन्त्रालय पदस्थापन
२२. ऋषिराम तिवारी गृह मन्त्रालय पदस्थापन
२३. तारानाथ अधिकारी गृह मन्त्रालय पदस्थापन
२४. रामकृष्ण सुवेदी अर्थ मन्त्रालयबाट गृह मन्त्रालय
२५. शंकरप्रसाद खरेल अख्तियारबाट अर्थ मन्त्रालय
२६. हरिप्रसाद वस्याल अर्थ मन्त्रालयबाट आपूर्ति मन्त्रालय
२७. विश्वप्रकाश सुवेदी अर्थ मन्त्रालयबाट लोकसेवा आयोग
२८. मुकुन्द निरौला श्रम तथा रोजगारबाट भौतिक पूर्वाधार तथा यातायात
२९. जगदशी रेग्मी सहरी विकासबाट अर्थ मन्त्रालय
३०. रविशंकर सैंजु वाणिज्य मन्त्रालयबाट राष्ट्रिय सर्तकता केन्द्र
३१. आनन्दराज ढकाल अर्थ मन्त्रालयबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
३२. बलराम रिजाल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय
३३. रूपनारायण भट्टराई भौतिकबाट अर्थ मन्त्रालय
३४. यादव कोइराला गृह मन्त्रालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३५. डा. नारायणप्रसाद रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काज निर्वाचन क्षेत्र निर्धारण आयोग
३६. बालकृष्ण पन्थी गृह मन्त्रालयबाट शिक्षा मन्त्रालय
३७. राजेन्द्रकुमार पौडेल अर्थ मन्त्रालयबाट सहरी विकास मन्त्रालय
३८. गंगाराम गेलाल गृह मन्त्रालयबाट अर्थ मन्त्रालय
३९. रामेश्वर दंगाल प्रधानमन्त्री कार्यालयबाट जनसंख्या तथा वातावरण मन्त्रालय
४०. हरिप्रसाद पन्थी गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: