Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

लौ हेर्नुस् ! राजधानीका कमाऊ अस्पतालको <br>जाजरकोटप्रति उदासिनता

काठमाडौं, जाजरकोटका विभिन्न गाउँमा फैलिएको महामारीको सन्त्रास दिनानुदिन थपिँदो छ । महामारीबाट आक्रान्त जाजरकोटे जनताको दुःखमा साथ दिन राज्यको निकायको आवश्यक ध्यान जान सकेको छैन । जाजरकोटे जनता महामारीबाट शोकमग्न छन् । तर, जनताका अभिभावकको दायित्वमा रहेका प्रधानमन्त्री सुशील कोइराला यतिबेला विदेश सवार छन् । संक्रमण सुरु भएको पैंक गाविसमा बिरामीको संख्या त घटेको छ तर मजकोट, जगातीपुर, अर्छानीको तम्तीलगायतका ३० गाउँमा रोग फैलिने क्रम बढिरहेको हुँदा स्थानीय त्रसित बनेका छन् । सिजनल फ्लु र स्वाइन फ्लु भनिएको उक्त महामारीबाट  मंगलबारसम्ममा २६ जनाको ज्यान गइसकेको छ भने ४ हजारभन्दा बढि उपचारबाट वञ्चित छन् । जाजरकोटका जनताले औषधी नपाएर मर्नुपर्ने स्थिति आईरहँदा सरकार त उदासिन छ नै छ कतिपय सामाजिक उत्तरदायित्व निर्वाहा गनुपर्ने स्वास्थ्य क्षेत्र समेत बेखबर जस्ता छन् । खबरडबलीले राजधानीका केही नाम चलेका अस्पतालसँग जाजरकोटको रोगमारीबारे अस्पतालले के सोचेको छ भनेर सोधेको थियो । चर्चित डाक्टर उपेन्द्र देवकोटाको लागनीमा सञ्चालित न्यूरो अस्पताल बाँसबारीले डबलीलाई निकै रुखो जवाफ दियो । ‘यो दायित्व आफ्नो नभएको र केही नसोचेको’ भन्दै कुराकानीमा रहेका अस्पतालका कर्मचारी कड्किए । तपाईहरुको सामाजिक उत्तरदायित्व हुन्न ? भन्ने खबर डबलीको प्रश्नमा उनले जवाफ दिन आवश्यक नरहेको बताए । नाम र अस्पतालको जिम्मेवारी समेत नबताएका उनले अस्पतालको प्रशासन प्रमुख भन्दिनुस् भने । हामीले अस्पतालको फोन ४३७९००९ मा सम्पर्क गरेका थियौं । देवकोटाको यो अस्पतालले मासिक कमाई मात्रै लाखौं गर्छ । शाही शासनकालमा  स्वस्थ्यमन्त्रीसमेत बनेका देवकोटाको र उनको अस्पतालको जाजरकोटप्रति खासै चासो देखिएन । काठमाडौंको अर्को नाम चलेको अस्पताल ललितपुरको बिएण्डबि पनि हो । हामीले बिएण्डबिलाई सम्पर्क गर्दा ‘सहयोगका विषयमा केही नसोचिएको’ बतायो । अस्पतालका प्रशासक विजय गिरीका अनुसार सरकारले आग्रह गरेमा सोच्न सकिन्छ । अर्को चर्चित अस्पताल नर्भिक इन्टरनेसनलमा सम्पर्क गर्दा भने अवस्था फरक आयो ।  अस्पतालका डाक्टर रवि शर्माका अनुसार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि उनको नेतृत्वमा ६ जनाको स्वस्थ्यटोली आवश्यक सबै सामग्री र औषधीसहित जाजरकोट माझखोला कार्यक्षेत्र बनाएर घटनास्थलतर्फ गइरहेको छ । राजधानिको अर्को चर्चित अस्पताल ॐ का उपनिर्देशक संजीव संग्रौलाका अनुसार महामारीको विषयमा डा.भोला रिजालसँग छलफल भइरहेपनि अहिलेसम्म केहि निर्णय भएको छैन  । उनी भन्छन्, ‘हामीलाई पनि जाजरकोट महामारीले पोलेको छ, यसको विषयमा केहि ठोस् निर्णय चाँडै नै गछौँ ।’ रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने लक्षणसहितको रोगले जाजरकोटको दुर्गम गाविसलाई प्रभावित गर्दै पैंक गाविसबाट सुरु भएको महामारीले पाँच गाविसलाई प्रभावित गरेको छ । यतिमात्र होइन, यो महामारी जाजरकोटबाट जुम्ला हुँदै कालिकोटसम्म आइपुगेको छ ।  कालिकोट सदरमुकामदेखि एकदिन पैदल दुरीमा रहेको मेहलमुदी गाविसको वडा नम्बर ५ को पगाती, तिकुवा र रामनाकोट गाविसको खार्गु गाउँमा करिब दुईसय भन्दा बढी स्थानीयहरुमा सोही लक्षण देखा परेको छ । स्थानीयले यी गाविसमा फैलिएको रोग स्वाइन फ्लु हुनसक्ने आशंकामा रोगबाट प्रभावितहरुलाई स्वास्थ्य चौकीमा उपचार गर्न रोक लगाउँदा महामारीले ठूलै रुप लिन धेरै समय नलाग्ने देखिएको छ । प्रभावित क्षेत्रमा औषधीको चरम अभाव छ  । स्वास्थ्य संस्थामा बिरामीको संख्या थेगिनसक्नु भएका कारण चौरमा राखेर उपचार गर्न बाध्य भएको त्यहाँ खटेका स्वास्थ्यकर्मीहरु बताउँछन् । दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरेपनि राज्यको तर्फबाट सेवा सुविधा केही पनि नभएको उनीहरुको गुनासो छ । साँच्चै नै, जाजरकोटको महामारी निकै विकराल छ । दिनदिनै मानिसहरुको मृत्यु भइरहँदा देश र जनताको सेवा गर्नका लागि खोलिएको भनिएका अस्पतालहरु शुन्यप्राय छन् । मासिक करोडैं नाफा गर्ने अस्पतालहरुले जाजरकोटी जनता मरिरहेको कसरी हेर्न सक्छन् ? के, नाफाका लागि मात्र खोलिएका हुन् त नाम चलेका अस्पतालहरु ? उनीहरुको समाजप्रतिको उत्तरदायित्व केहि छैन त ? हामीले यसबारेमा आजको अंकमा खबरदारीमात्रै गरेका छौं । अस्पताल नाफाका लागि कि सेवाका लागि भन्ने बहस चलिरहेका बेला निजी अस्पतालको यो रबैयाले बहसलाई थप पेचिलो बनाउने नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy