Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ अझै बेपत्ता

\"\"काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । ३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– पीडितहरूको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए । प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । प्रधानमन्त्रीको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा क्षेत्रका बाढीपीडितलाई भेटेको छ । राहत वितरणमा कुनै कसर बाँकी नराख्न टोलीले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । १२ जिल्लामा राहत वितरण सरकारले तराईका १२ जिल्लाका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत वितरण गरिएको हो । अरू राहत सामग्री आवश्यकता अनुसार वितरण गरिने प्रवक्ता रामकृष्ण सुवेदीले बताए । कुन जिल्लामा कस्तो राहत झापा : विस्थापित ७ सय परिवारका लागि ८५१ थान त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र ड्राइफुड वितरण । सुनसरी : चामल ६४५० केजी, चिउरा १२०६० केजी, भुजा ६७१० केजी, नुन ९१० केजी, चाउचाउ २१४५० गोटा, खाने तेल ५० लिटर, बिस्कुट ५० कार्टुन, दालमोठ ६४० पोका र दाल ३२५ केजी वितरण । सप्तरी : त्रिपाल ६७० थान, चिउरा १५ बोरा, भुजिया ५० बोरा, चामल १० बोरा, लत्ताकपडा १४६ थान, विराटनगरबाट ५ हजार केजी ड्राइफुड पठाएको छ । सर्लाही : चिउरा ६२८० केजी, चाउचाउ ३४२ कार्टुन, नुन ४५० केजी, चिनी ३०० केजी, दालमोठ ८ बोरा, प्याज १५० केजी, लत्ताकपडा २०० सेट, त्रिपाल १८३ थान, साबुन ३० वटा, कम्बल ३० थान, बाल्टिन ३० वटा, मग ३० वटा, अन्य खाद्य सामग्री ५ हजार केजी । धनुषा : त्रिपाल १५ वटा, चामल १० क्विन्टल, चिउरा १५ क्विन्टल, मुरै दुई क्विन्टल, दाल एक क्विन्टल, आलु ३ क्विन्टल, चिनी २ क्विन्टल, खाने तेल १५० लिटर । महोत्तरीः चिउरा ११४ केजी, भुजिया ६२ केजी, चिनी २५ केजी र ३०० जनालाई खाना खुवाइयो । बारा : चाउचाउ ८५ कार्टुन, चिउरा १७ सय केजी, दालमोठ १४० केजी, लिटो ९३ केजी, पानी ६०० बोतल, बिस्कुट ६०० प्याकेट, चामल ७२० केजी, दाल ७२ केजी, आलु ३६० केजी, तेल ७२ लिटर, नुन ७२ प्याकेट र बाल्टिन ८४ वटा वितरण । रौतहट : काठमाडौंबाट २०५० केजी ड्राइफुड, हेटौँडाबाट ७५८० केजी ड्राइफुड र ८० थान सेल्टर त्रिपाल हेलिकोप्टरमार्फत पठाइयो । दाङ : चिउरा ५४५ केजी, दालमोठ ४५ केजी, चामल २६ क्विन्टल, दाल १३५ केजी, बिस्कुट ४५ कार्टुन, चाउचाउ ९० कार्टुन, तेल १२५ लिटर, नुन १३५ केजी, आलु १५० केजी, सोयाबिन १२५ केजी, त्रिपाल ५३ थान, साडी २० थान, पानी ७० कार्टुन, बाल्टिन ४५ वटा, जग ४५ वटा र जर्किन ४५ वटा वितरण । बाँके : चिउरा ८८०० केजी, चाउचाउ १५००० प्याकेट, बिस्कुट १८७२० प्याकेट, पानी ३३२० बोतल, चिनी ५२५ केजी, जीवनजल २१६० सिटामोल, २००० थान ट्याबलेट, त्रिपाल १० थान । बर्दिया : १५०० केजी ड्राइफुड, बाँकेबाट १० क्विन्टल खाद्य सामग्री पठाइयो । कैलाली : त्रिपाल १६२ थान, कम्बल ५० थान, म्याटे«स १०० थान, कार्पेट रोल, चिउरा ५१५ प्याकेट, चिनी ३० केजी, चाउचाउ १४६ केजी, बिस्कुट ५९ पेटी, नमकिन ४० केजी, भुजा ९ बोरा, पानी ९५ पेटी हाइजिन, किट १०० थान वितरण । पीडितलाई दिने राहत एकद्वार प्रणालीबाट गरिने गृह मन्त्रालयले राहत वितरण प्रणालीमा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयका सहसचिव केदार न्यौपानको अध्यक्षतामा राहत संकलन संयोजन समिति गठन गरिएको छ । मृतकका परिवारलाई दुई लाख केही दिनपछि मात्रै दिइने बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई सरकारले दिने भनेको दुई लाख रुपैयाँ पठाउन अझै केही दिन लाग्ने भएको छ । मृतक सबैको पहिचान भइसकेपछि मात्रै सो रकम पीडित परिवारलाई दिइने मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए । हाल मृतकको तथ्यांक संकलन भइरहेको छ । बाढीले राजमार्ग भन्दा पुलमा क्षति अत्यधिक सोमबारसम्म बाढीले देशभरका १७ पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार ६ वटा सडकखण्ड र दुईवटा कल्भर्टमा पनि क्षति भएको छ । ‘मध्यपश्चिममा सञ्चार समस्या भएकाले सबै विवरण आएको छैन,’ विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले भने । औषधिको पर्याप्त मौज्दात, बाढी प्रभावित क्षेत्रमा सर्पदंश बाढीबाट उत्पन्न प्रकोप न्यूनीकरणका लागि औषधिको पर्याप्त मौज्दात र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर खटाइएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रवरिपरि सर्पदंशको त्रास बढेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy