Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

ट्रम्पको जताततै आलोचना नै अालाेचना

\"\"अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरुका प्रतिद्वन्दीबीच श्यार्लोट्सभिलमा भएको घातक हिंसाका लागि दुवै पक्ष जिम्वेवार रहेको प्रतिक्रिया दिएपछि उनको देशभित्र र बाहिर आलोचना भइरहेको छ । दुईवटा सल्लाहकार समूहबाट अग्रणी व्यवसायीहरुले धमाधाम राजीनामा दिएपछि राष्ट्रपति ट्रम्प ती दुवै निकाय भंग गरिएको घोषणा गर्न बाध्य भएका छन् । एउटा दुर्लभ विज्ञप्तिमा दुई पूर्व अमेरिकी राष्ट्रपतिहरु जोर्ज बुश सिनियर र उनका छोरा जोर्ज डब्लु बुशले अमेरिकी नागरिकहरुलाई जातिवाद र यहुदी विरोधी धारणा अस्वीकार गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले जातीय घृणा र द्वेष जहाँ प्रकट भएपनि तीनीहरुलाई चुनौती दिइनुपर्ने भन्ने कैयौँ युरोपेली नेताहरुको टिप्पणीप्रति समर्थन जनाएका छन् । राष्ट्रपति ट्रम्पले श्रृंखलावद्ध राजीनामाहरुपछि आफूलाई सल्लाह दिने अग्रणी उद्योगीहरुका दुईवटा समूह भंग गरिएको घोषणा गरेका छन् । \'म्यानुफ्याक्चरिङ काउन्सिल\' र \'स्ट्राटेजिक पोलीसी फोरम\' नामक ती दुई समूहबारे धेरै अमेरिकीहरु जानकार नहुन पनि सक्छन् । तर ती समूहहरुमा गिनेचुनेका अमेरिकी उद्यमीहरु आवद्ध थिए । उनीहरु मध्ये कैयौंले श्यार्लोट्सभील घटनालाई लिएर ट्रम्पले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै राजनीनामा दिएका थिए । अरु थप उद्यमीले राजीनामा दिनुभन्दा पहिले नै राष्ट्रपति ट्रम्पले ती निकायहरु विघटन गरेका हुन् । तर पछिल्लो निर्णयले राष्ट्रपति ट्रम्पलाई असहज महसुस गराउने मात्र नभइ \'अमेरिकालाई पुन: महान बनाउने\' उनको सपनामा नै ठेस लगाउनसक्ने देखिन्छ । किनभने अमेरिकामा रोजगारी र उद्योगहरु ल्याउने आफ्नो वाचा पुरा गर्न उनलाई उद्योगी तथा व्यवसायीको समर्थनको आवश्यकता पर्नेछ । त्यसबाहेक दुई जना पूर्व रिपब्लिकन राष्ट्रपतिहरुले विरलै आउने एउटा संयुक्त वक्तव्यमा अमेरिकाले यहुदी विरोधी धारणा र सबै प्रकारका घृणालाई अस्वीकार गर्नुपर्ने जनाएका छन् । त्यसअघि कैयौँ वरिष्ठ रिपब्लिकन नेताहरुले श्यार्लोट्सभिलमा नवनाजी प्रदर्शनकारी र उनीहरुका विरोधीबीच भएका हिंसालाई जोडेर दुवै पक्षलाई दोषारोपण गरेकोमा ट्रम्पको आलोचना गरेका थिए । एक जना उग्रवादी दक्षिणपन्थीले प्रदर्शनकारीको भिडमा कार चलाएपछि हेदर हेयरले ज्यान गुमाएकी थिइन् । एउटा शक्तिशाली र मन छुने शोक सन्देशमा हेदरकी आमाले भनेकी छन्, \"उनीहरुले मेरी छोरीको आवाज बन्द गर्न उनको हत्या गरे। तर हेर्नुस त उनीहरुले उसको आवाज अझै कति सशक्त बनाइदिए ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies