Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सात प्रदेशमा सात एआइजी खटाउने तयारी

\"\"काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो । दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन । उनीहरूलाई प्रदेशमै पठाउने तयारी भइरहेको गृहमन्त्री जनार्दन शर्माका सल्लाहकार सुरेन्द्रबहादुर शाहले बताए । अाजको नयाँ पत्रिकामा खबर छ– संघीय प्रहरी ऐनविनै प्रहरीलाई संघीय संरचनामा खटाउँदा समस्या सिर्जना हुनसक्ने भन्दै धेरै प्रहरीले असन्तुष्टि जनाएका छन् । प्रहरी नियमावली मन्त्रिपरिषद्ले संशोधन गर्न सक्ने भएकाले नियमावली संशोधन गरी एआइजीलाई खटाउन लागिएको हो । केही दिनभित्रै एआइजीलाई प्रदेशमा खटाउने तयारी छ । हाल प्रहरीमा ११ जना एआइजी छन् । सातजनालाई प्रदेशमा तथा एकजनालाई महानगरीय प्रहरी कार्यालयमा खटाएपछि बाँकी तीनजनालाई प्रहरी एकेडेमी र मुख्यालयमा राख्ने तयारी छ । दरबन्दी मिलाएर प्रहरी नियमावली संशोधन गर्न लागिएको छ । एआइजीलाई प्रदेशमा खटाउन कानुनी व्यवस्था गर्न छलफल भइरहेको शाहले बताए । यी हुन् बढुवा भएका एआइजी गत २० साउनमा सरकारले ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो । बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, केशरीराज घिमिरे, पशुपति उपाध्याय, माधव जोशी, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, विजय भट्ट एआइजीमा बढुवा भएका थिए । तर, अहिलेसम्म उनीहरूले डिआइजी पदमा रहँदाको कार्यालयबाट काम गर्दै आएका छन् । बढुवा भएका एसएसपी र एसपीको पनि हालसम्म पदस्थापन भएको छैन । काठमाडौं परिसरलगायत मुख्य कार्यालयहरूमा कसलाई खटाउने भन्ने विवादले सरुवा र पदस्थापन रोकिएको हो । संगठनभित्र दुईथरी मत संघीय प्रहरी ऐनविनै प्रहरीलाई संघीय संरचना खटाउँदा समस्या आउन सक्ने भन्दै प्रहरीभित्र असन्तुष्टि छ । बढुवा भएका एआइजीहरूले प्रदेश प्रहरीको प्रमुखका रूपमा जाने इच्छा देखाएको छ । प्रहरी संगठनभित्रको दबाब र राजनीतिक नेतृत्वको जोडबलमा एआइजीहरूलाई प्रदेशमा खटाउन लागिएको हो । ‘अदालतकै संरचनाको नक्कल गरेर एआइजीलाई प्रदेशमा खटाउन लागिएको छ,’ एक प्रहरी अधिकार भन्छन्, ‘तर, अदालत प्रादेशिक सरकारको अधिकार क्षेत्रभित्र पर्दैन, प्रहरी र निजामती मात्र प्रादेशिक सरकारको अधिकारभित्र पर्दछ भन्ने बुझेर निर्णय लिनुपर्छ ।’ सरकारको यो निर्णयले टुक्रिएका दुई जिल्लामा समस्या हुने देखिन्छ । नवलपरासी र रुकुम टुक्र्याएर फरक–फरक प्रदेशमा राखिएको छ । ती जिल्लाको चेन अफ कमान्डमा समस्या हुने सम्भावना छ । हाल प्रहरीमा जिल्लाका आधारमा कमान्ड छ । जसकारण दुई जिल्लामा छुट्टै कमान्ड स्थापना गर्नुपर्ने हुन्छ । त्यसका लागि सिडिओ, अदालतलगायत अन्य संरचना पनि चाहिन्छ, जुन तत्काल सम्भव छैन । त्यस्तै, कार्यालय कहाँ राख्ने भन्ने विवादसमेत हुन सक्छ । हालसम्म प्रदेशको राजधानी तय भइसकेको छैन । समन्वयमा समस्या अहिलेसम्म निजामती प्रशासनको प्रादेशिक संरचना बनेको छैन । प्रहरी निजामतीकै मातहतमा सञ्चालन हुन्छ । हाल क्षेत्रीय प्रशासन कार्यालयको कमान्डमा क्षेत्रीय प्रहरी कार्यालयहरू चल्ने गर्दछ । त्यस्तै, अन्य सुरक्षा निकायसँग समन्वयमा समेत समस्या हुन्छ । किनकि सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको अहिलेसम्म प्रादेशिक संरचना बनिसकेको छैन । प्रादेशिक प्रहरीले अन्य निकायको पुरानै संरचनासँग सहकार्य गर्नुपर्ने हुन्छ । जुन व्यावहारिक नहुने प्रहरी अधिकारीहरू बताउँछन् । निजामतीको संरचना बनेपछि मात्र प्रहरीलाई संघीयतामा लैजानुपर्ने धेरै प्रहरी अधिकारीको मत छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy