Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

संशोधनमा दुई तिहाइ पुर्‍याउन दौडधूप

\"\"काठमाडौं । घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबीसहित सोमबार मतदानमा लैजाने तयारीमा छ भने एमालेसहित विपक्षी दल सत्तापक्षको सेखी झार्ने रणनीतिमा छन् । दुई तिहाइको खेलमा संशोधनको पक्ष/विपक्षमा खुलिनसकेका साना दलको ११ मत तान्न दलको दौडधूप सुरु भएको छ । सरकारले मधेसकेन्द्रित दल र राप्रपा प्रजातान्त्रिकसहितको समर्थनमा विधेयक पारित हुने निक्र्योलसहित विपक्षी दलसँग सहमतिविनै संसद्को सोमबारको बैठकमा निर्णयार्थ पेस गर्ने तयारी गरेको हो । राजपामा आबद्ध सांसद संविधान घोषणा हुँदा र पहिलो संशोधन हुँदा बहिष्कारमा थिए । उनीहरूकै नेतृत्वमा भएको १३ महिना लामो मधेस आन्दोलनकै बेला मुलुकले भारतीय नाकाबन्दीको समेत सामना गर्नुपरेको थियो । मधेसकेन्द्रित दललाई राजनीतिको मूल प्रवाहमा ल्याउन, संविधानलाई सर्वसम्मत बनाउन र असोज २ हुने प्रदेश नम्बर २ को निर्वाचनमा उनीहरूको सहभागिता सुनिश्चित गर्न विधेयक ल्याएको सत्तापक्षले दाबी गर्दै आएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको सहकार्यले निरन्तरता नपाउँदा संविधान राजनीतिक रूपमा हल्का बन्न लागेको विश्लेषण संविधानका जानकार तथा संविधानमा हस्ताक्षरकर्ता सांसदहरूले नै गर्न थालेका छन् । संशोधन प्रस्ताव अघि बढाउनुअघि सरकारले प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षीसँग निर्णायक वार्ता नगरेको आरोप ती सांसदले लगाएका छन् । एमालेसहितका विपक्षी दलले सरकारले प्रजातान्त्रिक आन्दोलन, ०६२÷६३ देखि पहिलो संशोधनसम्मको सहकार्य र सहमतिविपरीत संशोधनमा मतदान गराउन लागेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । उनीहरूले प्रस्तावको विपक्षमा मतदान गर्ने बताइसकेका छन् । मतदानको अघिल्लो दिन आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौंडामा बसेको बैठकले संसद्मा हुने मतदानमा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । विपक्षी दल भने संशोधनमा दुई तिहाइ पुर्‍याउन नसके प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा तर्क गर्न थालेका छन् । संशोधन प्रस्तावमाथि हुने मतदानलाई सरकारले हल्का रूपमा लिएको उनीहरूको आरोप छ। ३५ महिनाअघि संसद्को कुल संख्या ६०१ को ९० प्रतिशतले मतदान गरी जारी गरेको संविधानलाई हल्का बनाउने कार्यमा सरकार स्वयं लागेको भन्दै संविधानविद्ले पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरू भन्छन्, ‘दुई तिहाइ पुग्ने निश्चित नभएसम्म यस्तो प्रस्ताव मतदानमा लैजानु हुँदैन ।’ संशोधन प्रस्तावलाई सोमबार मतदानमा लैजानु भनेको राजनीतिक रूपमा मुलुकलाई खण्डित गरी संविधान कार्यान्वयनमा ठूलै अवरोध सिर्जना गर्नु रहेको तर्क उनीहरूको छ । संविधानविद् भन्छन्, ‘संशोधन प्रस्ताव फेल भएर संवैधानिक रूपमा केही हुँदैन तर दुई तिहाइको आत्मबलविना संशोधन अघि बढाउने कार्य सरकारले नगर्दा राम्रो हुन्छ ।’ संविधानविद् चन्द्रकान्त ज्ञवालीले संघीयता र समावेशीको आधार नै संविधानको मोडेल भएको बताउँदै भने, ‘दोस्रो संशोधन पारित गर्नु राजपाले संघीयता र समावेशी नचाहेको सन्देश दिनु हो । संघीयताको सर्वमान्य सिद्धान्तकै अन्त्य हुन्छ ।’ संवैधानिक रूपमा ९१ प्रतिशत र राजनीतिक रूपमा शतप्रतिशत मत रहेको संविधान संशोधन दुई तिहाइ वा बहुमतको गणितमा लग्नु मुलुकलाई सिक्किमीकरण गर्नु भएको ज्ञवालीले बताए । ‘स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को अधिकार अन्त्य गराउने कार्य किन गरिँदै छ, त्यसले राम्रो परिणाम दिँदैन’, उनले भने । संशोधनको परिणामले केही अप्ठ्यारो पर्ने तर्क गर्दै उनले भने, ‘मतदान प्रक्रियामा सहभागी भएर संविधान स्विकार्ने अनि प्रतिशतका आधारमा हिँड्न खोज्नु राम्रो संकेत होइन ।’ संविधानविद् डा. विपिन अधिकारीले संशोधन प्रस्तावको अंकगणित सरकारका पक्षमा नदेखिएको जनाउँदै भने, ‘संविधानलाई राजनीतिक लाभ र हानि, राजनीतिक एजेन्डाका रूपमा हेर्न हुँदैन । संशोधनका लागि दुई तिहाइ चाहिन्छ । त्यो भएन भने अघि बढ्दैन । दुई तिहाइको आत्मबलविना यस्तो प्रस्ताव ल्याउनै हुँदैन ।’ जारी गर्दा ९० प्रतिशतले अनुमोदन गरेको संविधानमा अहिले बहुमत मात्रै आयो भने के हुन्छ भन्ने प्रश्न गर्दा उनले त्यसको कुनै मूल्य नहुने धारणा व्यक्त गरे । अधिकारीले भने, ‘दुई तिहाइ नपाउनु नैतिक रूपमै असफल मानिन्छ । हिजो १० प्रतिशत, आज बहुमत भन्नुको कुनै अर्थ हुँदैन ।’ संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान जारी गर्दा भएको त्रुटिले निरन्तरता नपाउँदाको परिणामका रूपमा दुई तिहाइको कसरतविनै संशोधन मतदानमा लैजान लागिएको बताए । ‘संविधान जारी गर्दा थोरै ध्यान दिएको भए कुरा मिल्थ्यो, मुलुक ठूलो विवादमा जाँदैनथ्यो’ उनले भने । एमाले समस्याको निकासमा नपुग्दा यो समस्या देखिएको दाबी उनको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संशोधन प्रस्तावमा दुई तिहाइ पुर्‍याउने दाबीलाई सरकारले दाबी पूरा गर्छ÷गर्दैन हेर्नुपर्ने बताउँछन् । सरकारले सोमबार संसद्मा संशोधन विधेयकमाथि मतदान गराउने तयारी गरेपछि एमाले संसदीय दलले सोमबारको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संशोधन विधेयकलाई सोमबार मतदान गराउने सहमति भइसकेको ढकालले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy