Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अवैध मतदाता संकलन गर्ने निर्वाचन कार्यालयका कर्मचारीसहित तीन पक्राउ

\"\"काठमाडौं । निर्धारित मिति सकिएपछि घरमै बसेर अवैध रूपमा मतदाता नामावली संकलन गरेको आरोपमा निर्वाचन आयोगका कर्मचारीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ–८ स्पेसल चोकस्थित दीपक निरौलाको घरमा मतदाता नामावली संकलन गरिरहेको अवस्थामा शनिबार राति प्रहरीले निर्वाचन आयोगका कर्मचारी आकृत खत्री तथा बूढानीलकण्ठ नगरपालिका–९ का अध्यक्ष राजेन्द्र सापकोटा र घरबेटी निरौलालाई पक्राउ गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– एमालेका स्थानीय नेता निरौलाको घरमा बसेर फोटो खिच्ने र मतदाता नामावली थप्ने क्रममा शनिबार राति साढे ८ बजे उनीहरू पक्राउ परेका हुन् । ल्यापटप तथा क्यामरासहित उनीहरूलाई पक्राउ गरी जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । प्रहरी निरौलाको घरमा पुग्दा मतदाता नामावली दर्ता गर्न २६ जना स्थानीय पुगेका थिए । स्थानीय कांग्रेस कार्यकर्ताले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । कानुनविपरीत मतदाता नामावली दर्ता गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । शनिबार नै मतदाता नामावलीमा संकलनको समय सकिएको थियो । घटनाको विषयमा छानबिन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीयले घटनाको विरोध गर्दै आइतबार बूढानीलकण्ठ नगरपालिका कार्यालय बन्द गराएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending