Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी, कहाँ को खटिए ?

\"\"काठमाडौं । सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ । दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिडमार लामा, ६ मा रणबहादुर चन्द तथा ७ मा विजयकुमार भट्टलाई पठाइएको छ । पाँच क्षेत्रका डिआईजीलाई हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको छ । \"\"चन्दलाई महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी अाजको नयाँ पत्रिकामा खबर छ– महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी एआईजी जयबहादुर चन्दलाई दिइएको छ । पहिलो नम्बरमा एआईजी बढुवा भएका बमबहादुर भण्डारीलाई मुख्यालयमा राखिएको छ । त्यस्तै, देवेन्द्र सुवेदीलाई प्रहरी एकेडेमी, माधव जोशीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । बढुवा भएको १७ दिनपछि एआईजीहरूको पदस्थापन गरिएको हो । गत ३२ साउनमै बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी प्रदेशमा एआईजी खटाउने निर्णय भएको प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रिपरिषद्ले पाँच दिनअघि नै सैद्धान्तिक निर्णय गरे पनि सरुवाको सूची भने आइतबार तय भएको हो । प्रशासनिक संरचनाबिनै एआईजीलाई प्रदेशमा खटाउन समस्या हुने भन्दै प्रहरीभित्र असन्तुष्टि छ । प्रहरीलाई संघीय संरचनामा लगेपछि क्षेत्रीय प्रहरी कार्यालयलाई खारेज गरिएको छ भने अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइ कार्यालयमा रूपान्तरण गरिएको छ । अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइमा रूपान्तरण गरे पनि तालिम केन्द्रलाई भने क्षेत्रीय तालिम केन्द्रकै रूपमा राखेर एसएसपीहरूलाई खटाइएको छ । संघीय प्रहरी ऐन नै नआई प्रहरीलाई यसरी प्रदेशमा खटाउन समस्या आउन सक्ने चिन्ता प्रहरी अधिकृतहरूको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy