Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रेरक प्रसंग : भोलि कसले देख्या छ र ?

\"\"एउटा ठूलो सहरमा एकजना निकै धनी व्यापारी बस्थे । उनको सम्पत्तिको कुनै लेखाजोखा थिएन । आफ्नो अपार सम्पत्ति देख्दा उनलाई निकै खुसी लाग्थ्यो । एक दिन आफ्नै कार्यालयको घुम्ने कुर्सीमाथि बसेर आफ्नो सम्पत्ति कसरी सदुपयोग गर्ने भन्नेबारे उनी सोचमग्न थिए । त्यस्तैमा उनको दिमागमा एउटा अनौठो जुक्ति फु¥यो । उनले सोचे, ‘जीवनमा यति धेरै सम्पत्ति कमाइयो । आखिर मैले अहिले कमाएको सबै सम्पत्ति छोरानातिकै लागि हो । बरू अबका सात पुस्तासम्मलाई पुग्ने गरी उनीहरूकै नाममा अलग–अलग खाता खोलेर बैंकमा जम्मा गरिदिन पाए कति जाती हुँदो हो । अब हिसाबकिताब गरेर सातपुस्ताका लागि रकम जम्मा गरिदिनुप¥यो ।’ अाजको नयाँ पत्रिकामा प्रेरक प्रसंग छापिएको छ-यस्तो विचार मनमा आउनासाथ उनी क्याल्कुलेटर लिएर हिसाब गर्न थाले । एउटा परिवारलाई एक दिनमा कति खर्च चाहिन्छ ? त्यसको हिसाबकिताब निकाल्न पाए त सालाखाला सो परिवारको मासिक, वार्षिक हुँदै एउटा पुस्तालाई कति खर्च लाग्ला, त्यसको अनुमान गर्न सकिन्छ । सबलाई चाहिनेभन्दा दुई–चार करोड त बढी नै राखिदिनुपर्ला भन्ने उनको सोच थियो । उनले बिहान उठेदेखि, चिया, नास्ता, बिहानका खाना, दिउँसोको खाजा गर्दै बेलुकासम्मको हिसाबकिताब मिलाउन खोज्दाखोज्दै उनी कहिले केटाकेटीको टिफिन खर्च सम्झिन्थे, कहिले पाहुना खर्च जोड्न भुल्थे, कहिले मोबाइल खर्च भुल्थे । ती सबै छुटपुट मिलाउँदा–मिलाउँदैमा दुईचार दिन बितिसक्यो उनी कोठाबाट बाहिरै निस्कन छाडिसके । उनको त्यस्तो चाला देखेर उनकी पत्नीले एक दिन भनिन्, ‘हैन, कति यो क्याल्कुलेटर मात्र चलाइरहनुभएको हो हजुर† यसो हावामा निस्किए त अलि फ्रेस हुँदो हो । अहिले गाउँमा एकजना निकै ठूला साधु महाराज आउनुभएको छ । उहाँलाई गाउँलेले पालैपालो खाना लगिदिइरहेका छन् । आज मैले पनि उहाँलाई खाना बनाएकी छु । अब हजुरले यो खाना पु¥याइदिनुप¥यो । पहिले त ती व्यापारीले पत्नीको कुरा मानेनन् । तर, उनले निकै जोड गरिसकेपछि उनी नोकरचाकरलाई खाना बोकाएर साधुको आश्रमसम्म पुगे । उनी पुग्दा साधु खाना खाइवरि चुठ्न लागेका रहेछन् । उनले आफूले पनि खाना ल्यादिएको बताए । तर, साधुले आफूले खाना खाइसकेको हुनाले फिर्ता लिएर जान अनुरोध गरे । व्यापारीले जोड गर्दै भने, ‘मेरी पत्नीले आफ्नै हातले बनाएको खाना निकै स्वादिलो हुनुपर्छ । मैले हट्केसमा ल्याइदिएको छु । भरेलाई हुन्छ । राख्नुहोस् न ।’ व्यापारीको कुरा सुनेपछि साधुले उनलाई हेर्दै भने, ‘भैगो बालक, कष्ट नगरौँ । आखिर भरे कसले देख्या छ र ?’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending