Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

गाउँपालिकाले ल्यायो तत्कालीन जनसत्ताका निर्णय कार्यान्वयनमा

\"\"रुकुम । बाँफिकोट गाउँपालिकाले तत्कालीन जनसत्ताले गरेका निर्णयलार्य कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत १७ जेठमा बसेको गाउँपालिकाको पहिलो बैठकले तत्कालीन जनसत्ताले गरेका घरजग्गा कारोबारको लगत संकलन गर्ने र कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ– सोही निर्णयअनुसार गाउँपालिकाले जनसत्तामा घरजग्गाको कारोबार गरेका दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए । साबिकको बाँफिकोट गाविसबाट सुरु भएको छलफल सकारात्मक भएको उनको भनाइ छ । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा जनसत्ता गठन गरेर घर–जग्गालगायतको कारोबार गरेको थियो । जनसत्तामा रजिस्ट्रेसन पास दिएकै मूल्यमा घर–जग्गा पास दिन जग्गाधनी राजी भएको अध्यक्ष केसीको दाबी छ । हालको बाँफिकोट गाउँपालिका वडा नं. ३, ४ र ५ मा पर्ने साबिकको बाँफिकोट गाविसमा जनसत्तामार्फत ७५ वटा घरजग्गाको कारोबार भएको थियो । १५ दिनभित्र छाड्न जग्गाधनी सहमत जनसत्ताले गरेका घरजग्गासम्बन्धी निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णयअनुसार प्रत्येक वडाबाट वडाध्यक्षको नेतृत्वमा लागत संकलन सुरु भएको थियो । लगतअनुसार नै घरजग्गा बेच्ने र किन्नेलाई बोलाएर छलफल गरिएको हो । तत्कालीन बाँफिकोट गाविसमा दुई चरणमा भएको छलफलमा सहभागी जग्गाधनीहरु १५ दिनभित्र जिल्ला मालपोत कार्यालयबाट घरजग्गा पास दिन सहमत भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । ‘छलफलमा भएको निर्णयअनुसार जग्गा किन्नेले जग्गाधनीसँग पासका लागि अनुरोध गर्ने र दुवै पक्ष जिल्ला मालपोत कार्यालयमा पुगेर पास लिने–दिने काम गर्नेछन्,’ उनले भने । दुवै पक्ष मञ्जुर भएपछि तोकिएकै समयमा जग्गा पास हुने उनको विश्वास छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy